9 years ago
July 19, 2016
पुर्व राष्ट्रिय खेलाडी एवं मनाङ मर्श्याङदि क्लबका पुर्व प्रशिक्षक र खेलाडी नबिन न्यौपाने त्रिभुवन आर्मी क्लबका प्रशिक्षक पदमा नियुक्त भएका छन्।
केहि महिना अघि मात्र एएफसीको ‘ए’ कोचिङ सर्टिफिकेट हासिल गरेका उनले आर्मीमा मेघराज के.सी.को स्थानमा आएका हुन्। मेघराज आर्मीमा आफ्नो अनुबन्धन सकिएपछि थ्री स्टार जाने सम्भावना बढी रहेको छ।
नबिनले यसअघी मनाङ मर्श्याङदि क्लबमा पनि प्रशिक्षकको जिम्मा सम्हालेका थिए। नबिनले सहायक प्रशिक्षकका रुपमा भने आर्मीकै चुन बहादुर थापा पाएका छन्, उनीहरु दुवै एक जमानामा संगै राष्ट्रिय टोलीमा खेलेका खेलाडी हुन्।
आज गुरु पुर्णिमाको अवसरमा प्रशिक्षणका क्रममा खेलाडीहरुले प्रशिक्षकलाई फूलमाला र अबिर लगाएर शुभकामना दिएका थिए। राष्ट्रिय टोलीको प्रशिक्षण सकिएकाले आर्मीमा प्रशिक्षण गर्न पुगेका भरत खवास, नवयुग श्रेष्ठ, जितेन्द्र कार्की, विकेश कुथु लगाएतका खेलाडीले पनि उनलाई शुभकामना दिए।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]