default_image

5 years ago

February 27, 2020

युभेन्टस लियोनसँग स्तब्ध

118 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टस फ्रेन्च क्लब लियोनसँग स्तब्ध बनेको छ । बुधबार राति भएको खेलमा युभेन्टस घरेलु टोली लियोनसँग १–० ले स्तब्ध बनेको हो । 

युभेन्टसले लियोनसँग कुनै पनि खेलमा पहिलो हार बेहोरेको हो । यि दुई टोलीले यसअघि ६ पटक खेल्दा युभेन्टसले ५ मा जित र १ बराबरीको नतिजा निकालेको थियो । यससँगै लियोनले हारको श्रृंखलालाई तोड्न सफल हुदा युभेन्टसले लियोनसँग पहिलो हार भोग्न पुग्यो ।

लियोनको जितमा लुकास टोउसार्टले गरेको गोल नै निर्णायक बन्यो ।  खेलभर नै घरेलु टोलीलाई दवावमा राखेको युभेन्टसले लियोनको बलियो रक्षापङ्ति तोड्न सकेन ।

३१औं मिनेटमा लुकास टोउसार्टले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । सिक्स यार्डमा अनमार्क रहेका उनले हुसेन ओउअरको पासमा गोल गर्न सफल भएका थिए । युभेन्टसले दोस्रो हाफमा पनि घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पहिलो लेगमा १–० को हार भोग्न पुग्यो । सुपरस्टार फारवार्ड रोनाल्डोले केही अवसर खेर फालेका थिए ।

पहिलो लेगमा पाएको सफलतासँगै लियोनले क्वाटरफाइनल पुग्न सम्भावना बलियो बनाएको छ । अब युभेन्टसको मैदानमा हुने दोस्रो लेगमा यही नतिजा कायम गर्न सके लियोनले क्वाटरफाइनलको यात्रा तय गर्नेछ । युभेन्टसलाई भने अर्काे चरणको यात्रा तय गर्न घरेलु मैदानमा कम्तीमा पनि जित आवश्यक छ ।

यो पनि पढ्नुहोस् : रियलको हारमा रामोसलाई रातो कार्ड

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.