5 years ago
February 27, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगको खेलमा रियल म्याड्रिड इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग २-१ ले पराजित भएको छ ।
घरेलु मैदान सान्टीयागो बर्नाबाउमा रियलले सुरुवाती अग्रता लिनुका बाबजुद पनि हारको सामना गर्नुपरेको हो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ६० अौं मिनेटमा इस्कोले गोल गर्दै रियललाई अगाडि बढाए । उनले भिनिसियस जुनियरको पासलाई सदुपयोग गरेका थिए ।
तर ५ मिनेटको अन्तरमा दुई गोल फर्काउँदै सिटीले अवे मैदानमा महत्त्वपुर्ण अग्रता लियो । ७८ अौं मिनेटमा केभीन डे ब्रुयनको पासमा ग्याब्रिएल जेससले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ५ मिनेटमा नै सिटीले पेनाल्टीको अवसर पायो । ड्यानी कार्भाजलले रहीम स्टरलिङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । डे ब्रुयनले पेनाल्टीमा गोल गर्दै सिटीलाई अग्रता दिलाए ।
खेलको ५ मिनेट समय बाँकी रहँदा रियल थप समस्यामा पर्यो । कप्तान रामोसले जेससलाई लडाएपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाए । यससँगै रामोसले दोस्रो लेगको खेल पनि गुमाउने छन् । दोस्रो लेग मार्च १७ मा सिटीको मैदान इतिहादमा हुनेछ ।
सिटीले च्याम्पियन्स लिगमा रियललाई हराएको यो नै पहिलो अवसर हो । अब दोस्रो लेगमा कम्तिमा बराबरी अथवा १-० ले पराजित भएपनि सिटी क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।
यो पनि पढ्नुहोस् : युभेन्टस लियोनसँग स्तब्ध
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]