5 years ago
February 26, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज राति फ्रेन्च क्लब लियोनले इटालियन जाइन्ट युभेन्टसो सामना गर्दै छ । खेल लियोनको मैदानमा बुधबार राति १ः४५ बजेपछि हुनेछ ।
यि दुई टोली २०१६ पछि पहिलोपट आमने समाने हुन लागेका हुन् । त्यतिबेला समूह चरणमा यि दुई टोलीले खेलेका थिए । पहिलो राउन्डमा युभेन्टस १–० ले विजयी हुदा दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेको थियो । यो सिजन फ्रेन्च लिग वानमा औसतको प्रदर्शन गरेको लियोन युभेन्टसलाई स्तब्ध पार्ने दाउमा हुनेछ । लियोनले युभेन्टसलाई हालसम्म पराजित गर्न सकेको छैन । त्यही हारको श्रृंखला तोड्ने लियोनको लक्ष्य हुनेछ ।
यता, युभेन्टस घरेलु टोलीलाई स्तब्ध पार्दै दोस्रो लेगलाई सहज बनाउने दाँउमा हुनेछ । युभेन्टससँग आधुनिक फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डो, पाउलो डिब्याला, जुवान कोर्डाडो, ड्यानिलो, जर्जियो चिलियानी, एलेक्स सान्द्रो र ब्लेइस म्याथुडी जस्त खेलाडी रहेको छ । रोनाल्डो नै टोलीको मुख्य हतियार हुनेछन् ।
हालसम्म लियोनसँग अपराजित रहेको युभेन्टस सोही नतिजा दोहोर्याउने दाउमा हुनेछ । हालसम्म यि दुई टोली ५ पटक आमने समाने हुदा युभेन्टसले ५ जित र एक बराबरीको नतिजा निकालेको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]