5 years ago
February 26, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी घरमै बायर्न म्युनिखसँग ३–० ले स्तब्ध बनेको हो ।
बायर्नको जितमा सर्जी जिनाव्रीले दुई तथा रोवर्टाे लेवान्डोस्कीले गोल गरे । चोटिलो घरेलु टोलीले पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा बायर्नको अग्रपङ्तिलाई रोक्न सकेन । बायर्नले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राख्न सफल भएको थियो ।
पहिलो मिनेटमा नै थोमस मुलरको प्रहारलाई चेल्सीका गोलरक्षक वेल्फ्रेडो कावालेरोले मुस्किलले बचाए । सातौ मिनेटमा मासन माउन्टको प्रहार क्रस बारमा लागेर बाहिरिँदा चेल्सी अग्रता लिनबाट चुक्यो । ११औं मिनेटमा बायर्नका किङ्सले कोमानको प्रहार बाहिरियो ।
२८औं मिनेटमा चेल्सीका गोलरक्षक कावालेरोले मुलरको प्रहारलाई मुस्किलले विफल पारे । ३५औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको प्रहार क्रसबारमा लाग्दै बाहिरिँदा बायर्न अग्रता लिनबाट पुनः चुक्यो ।
४८औं मिनेटमा मासन माउन्टको प्रहारलाई अल्फोन्सोले ब्लक गरिदिए । लगातार अवसर गुमाइरहेको बायर्नले ५१औं मिनेटमा गोल गर्न सफल भयो । सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । उनले रोवर्ट लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए । त्यसको तीन मिनेट पछि नै लेवान्डोस्कीको पासमै सर्जी जिनाव्रीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बनेको थियो ।
७६औं मिनेटमा अघिल्लो दुई गोलमा असिस्ट दिएका रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको जित पक्का गरे । उनले अल्फोन्सोे डेभिसको पासमा गोल गर्न सफल भएका थिए । ३ गोल खाइसकेको चेल्सीले ८३औं मिनेटमा अर्काे झट्का बेहोर्यो । रोवर्टाे लेवान्डोस्कीमाथि खराव ट्याकल गरेपछि मार्काेस अलन्सो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटियो । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी घरमा ३–० ले निरिह बन्न पुग्यो ।
महत्त्वपुर्ण अवे जितसँगै बायर्नले च्याम्पियन्स लिगको क्वाटरफाइन्ल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा बराबरी या २–० को हारले पनि बायर्न क्वाटरफाइनलमा प्रवेश गर्नेछ । चेल्सीलाई क्वाटरफाइनलमा प्रवेश गर्न कम्तीमा पनि ४–० को जित आवश्यक छ । दोस्रो लेग बायर्नको मैदानमा १९ मार्चमा हुनेछ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]