5 years ago
February 26, 2020
एजेन्सी – दोस्रो हाफमा फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले गोल गरेपछि बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा नेपोलीको मैदानमा १-१ को बराबरीमा रोकिएको छ ।
नेपोलीले खेलको ३० औं मिनेटमा ड्रिज मर्टेन्सको गोलमा अग्रता लिएको थियो । मर्टेन्सले १८ यार्ड टाढाबाट प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले बचाउने कुनै मौका पाएनन् । बार्सिलोनाले खेलको ५७ औं मिनेटमा स्कोर बराबरीमा ल्यायो । नेल्सन सेमेडोको लो क्रसमा ग्रिजमनले पहिलो टचमा नै गोल गरेका थिए ।
खेलको ८९ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित भयो । मिडफिल्डर आर्टुरो भिडालले एकै मिनेटमा दुई पहेंलो कार्ड पाएका थिए । फाबियन रुइजलाई फल गर्नेबितिक्कै भिडालले रुइजको मुहारमा टाउकोले धकेलेपछि रेफ्रीले भिडाललाई २ पहेंलो कार्ड दिएका थिए ।
खेलको दोस्रो लेग १४ मार्चमा हुनेछ । उक्त खेलका लागि मिडफिल्डर सर्जियो बुस्केट्स उपलब्ध हुने छैनन् । उनले प्रतियोगिताको तेस्रो पहेंलो कार्ड पाएका कारण एक खेल गुमाउने भएका हुन् । खेलको अन्तिमतिर डिफेन्डर जेरार्ड पिके पनि घाइते भएपछि बार्सिलोना थप समस्यामा परेको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]