default_image

5 years ago

February 25, 2020

माने र सलाहको गोलमा लिभरपुल अझै अपराजित

124 views

0 Bookmark

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा वेस्टह्याममाथि संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदानमा लिभरपुलले वेस्टह्याममाथि ३–२ को संघर्षपुर्ण जित निकाल्दै प्रिमियर लिगमा अपराजित यात्रालाई यथावत राख्न सफल भएको हो ।

जितसँगै अपराजित रहेको लिभरपुलले उपाधि जित्ने सम्भावनालाई थप मजवुत बनाएको छ । लिभरपुलले २७ मध्ये २६ खेलमा जित निकाल्दा १ बराबरीको नतिजा निकालेको छ । लिभरपुलको २७ खेलबाट ७९ अंक जोडेको छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा २२ अंक बढी हो । सिटीको २७ खेलबाट ५७ अंक छ । पराजित वेस्टह्यामको २४ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थनमा छ ।

एनफिल्डमा सोमबार राति भएको खेलमा लिभरपुलको जितमा जर्जिन्हो विज्नाल्डम, मोहम्मद सलाह र साडियो मानेले गोल गरे । वेस्टह्यामका इसा डियोप र पाब्लो फोर्नाल्सले गोल गरे ।  खेलको नवौं मिनेटमा जर्जिन्हो विज्नाल्डमले ट्रेन्ट एलेक्सजेन्डर अर्नाेल्डको पासमा गोल गर्न सफल भएका थिए । तर, लिभरपुलको त्यो अग्रता लामो समय टिकेन १२औं मिनेटमा इसा डियोपले रोवर्ट स्नोडग्रासको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५४औं मिनेटमा पाब्लो फोर्नाल्सले गोल गरेपछि लिभरपुल खेलमा २–१ ले पछि परेको थियो । उनले डिक्लान राइसको पासमा गोल गर्न सफल भएका थिए । ६८औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा मोहम्मद सलाहले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि साडियो मानेले ८१औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–२ को अग्रता दिलाए । ८६औं मिनेटमा साडियो मानेल गोल गरेपनि अफसाइड ठहरिए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल ३–२ ले विजयी हुन सफल भयो ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.