default_image

5 years ago

February 24, 2020

हाजार्डले म्यानचेस्टर सिटी र बार्सिलोनाविरुद्ध नखेल्ने

103 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका बेल्जियन विंगर इडेन हाजार्डले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र ला लिगामा बहुप्रतिक्षित एल क्लासिको गुमाउने भएका छन् ।

शनिबार लिग अन्तर्गत लेभान्तेविरुद्ध खेलमा चोट बोकेपछि हाजार्ड केहि समयको लागि मैदानबाहिर रहने भएका हुन् । उनलाई यसअघि चोट लागेको गोलिगाँठो भागमा नै पुन: चोट लागेको क्लबले जनाएको छ । चोटका कारण लेभान्तेविरुद्ध हाजार्ड दोस्रो हाफमा मैदानबाट निस्केका थिए ।

गत नोभेम्बरमा च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको खेलमा हाजार्ड घाइते भएका थिए । उक्त चोटबाट पुनरागमन गरेको दोस्रो खेलमा नै हाजार्ड पुन: घाइते भएका हुन् । रियलले उनको चोट कति गम्भीर नरहेको बताएपनि उनले कम्तिमा २ महिना विश्राम लिनुपर्ने स्पेनिस संचारमाध्यमले जनाएका छन् ।

रियलले बुधबार हुने च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । त्यसपछि बार्सिलोनाको सामना गर्दा रियललाई लिगको शीर्षस्थानमा फर्कने अवसर हुनेछ । हाजार्डले १७ मार्चमा हुने च्याम्पियन्स लिगको दोस्रो लेगको खेल पनि गुमाउने छन् ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.