5 years ago
February 24, 2020
एजेन्सी – म्यानचेस्टर युनाइटेड र वल्भ्सले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाटफोर्डलाई तथा वल्भ्सले नर्विच सिटीलाई समान ३–० ले पराजित गरेको हो ।
ओल्डट्राफोर्डमा म्यानचेस्टरको सानदार जितमा ब्रुनो फर्नान्डेज, एन्थोनी मार्सियल र मासन ग्रीनवुडले गोल गरे । वाटफोर्डलाई दवावमा राखेपनि घरेलु टोलीले गोलको लागि ४२औं मिनेटमा पेनाल्टीको साहरा लिनुपरेको थियो ।
४१औं मिनेटमा ब्रुनो फर्नान्डेजलाई गोलरक्षक बेन फोस्टरले खराव ट्याकल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । जसलाई ब्रुनो आफैले सदुपयोग गर्दै युनाइटेडका लागि पहिलो गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । मार्सियलले ५८औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ७५औं मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै टोलीको जित पक्का गरे ।
जितसँगै म्यानचेस्टर लिगको पाँचौ स्थनमा उक्लन सफल भएको छ । युनाइटेडको २७ खेलबाट ४१ अंक पुगेको छ । वाटफोर्ड २४ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा छ । अर्काे खेलमा वल्भ्सले नर्विच सिटीमाथि ३–० को सहज जित निकाल्यो । वल्भ्सको जितमा डिएगो जोटाले दुई तथा राहुल जिमिनेजले गोल गरे । जितसँगै वल्भ्स ३९ अंक जोडेर आठौं स्थानमा यथावत छ ।
अर्काे खेलमा आर्सनलले एभर्टनमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको छ । आर्सनलको जितमा पिएरे इम्रिक औवामियाङले दुई तथा इडवार्डले एक गोल गरे । एभर्टनका डोमिनिक कल्भर्ट लेविन र रिचार्लीसनले गोल गरे । जितसँगै आर्सनल २७ खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लदा एभर्टन ३७ अंकसहित ११औं सथानमा रहेको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]