5 years ago
February 24, 2020
एजेन्सी – भिल्लारियलमाथि सहज जित निकाल्दै एट्लटिको मड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु टोलीले भिल्लारियलाई ३–१ ले हराउदै सेभियालाई पछि पार्दै ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको हो ।
एट्लेटिकोले सेभियालाई गोल अन्तरमा पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । एटेलेटिको र सेभियाको २५ खेलबाट समान ४३ अंक रहेको छ । यि दुई टोलीबीच १ गोलको अन्तर छ । भिल्लारियल ३८ अंक जोडेर सातौ स्थानमा छ । एट्लेटिको शीर्षस्थानको बार्सिलोनासँग १२ अंकले तथा दोस्रो स्थानको रियाल म्याड्रिडसँग १० अंकले पछि छ ।
वान्डा मेट्रोपोलिटानोमा आइतबार रासत भएको खेलमा घरेलु टोलीको जितमा एन्जेल कोरेरा, कोकी र जोओ फेलिक्सले गोल गरे । भिल्लाका पाको अल्कासेरले गरेको गोल सान्त्वना बन्यो । एट्लेटिकोले एक गोलले पछि परेको स्थिति उल्ट्याएर महत्वपुर्ण ३ अंक जोड्न सफल भएको हो ।
१६ मिनेटमा पाको अल्कासेरले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा एन्जल कोरेराले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काएका थिए । ६४औं मिनेटमा कप्तान कोकीले कोरेराको पासमा गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । ७४औं मिनेटमा जोओ फेलिक्सले कोकीको पासमा गोल गर्दै एट्लेटिकोको जित पक्का गरे ।
अन्य नतिजा
ओसासुनाविरुद्ध ग्रानडा (०–३)
डिर्पोटिभो अलाभेसविरुद्ध एथ्लेटिको बिल्वाओ (२–१)
रियल भालाडोलिडविरुद्ध इस्पान्योल (२–१)
गेटाफेविरुद्ध सेभिया (०–३)
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]