default_image

5 years ago

February 24, 2020

नेयमारलाई रातो कार्ड, पीएसजीको साँघुरो जित

124 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड नेयमारले रातो कार्ड पाएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साँघुरो जित निकालेको छ । लिग वान अन्तरगत आइतबार राति भएको खेलमा घरेलु टोली पीएसजीले बोर्डोमाथि ४–३ को संघर्षपुर्ण जित निकालेको हो । 

घरेलु टोलीको जितमा मार्कुन्योसले दुई तथा एडिन्सन काभानी र केलियन एमबाप्पेले गोल गरे । बोर्डोका उइ जो ह्वाङ, पाब्लो र रुवेन पार्डाेले गोल गरे । ७ गोलको थ्रिलरमा पीएसजीको खेलको १८औं मिनेटमा उइ जो ह्वाङको गोलबाट पछि परेको थियो । उनले टोमा बासिकको पासमा गोल गर्न सफल भएका थिए । तर, बोर्डोको त्यो अग्रता लामो समय टिकेन । २५औं मिनेटमा एन्जल डि मारियाको पासमा एडिन्सन काभानीले बराबरी गोल फर्काए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मार्कुन्योसले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीलाई खेलमा २–१ को अग्रता दिलाए । पीएसजीको त्यो अग्रता पनि धेरै बेर टिकेनमा इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा पाब्लोले बराबरी गोल फर्काउँदा पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा ७ मिनेटको अन्तरमा पीएसजीले दुई गोल गरेपछि पीएसजीले खेलमा ४–२ को अग्रता लिन सफल भयो । ६३औं मिनेटमा मार्कुन्योलसले गोल गर्दै पीएसजीले खेलमा ३–२ को अग्रता दिलाए । ६९औं मिनेटमा एमबाप्पेले काभानीको पासमा गोल गरेपछि पीएजसीले खेलमा ४–२ को अग्रता लिन सफल भयो ।

८३औं मिनेटमा रुवेन पाब्लोले गोल गर्दै बोर्डोलाई खेलमा फर्काउन संकेत दिए । ८९औं मिनेटमा माउरो इकार्डीले गोल गरेपनि भिएआरमा उनी अफसाइड ठहरिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा नेयमार दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा सीमित बन्यो । तर, बोर्डोले त्यसको फाइदा उठाउन सकेन र पीएसजी ४–३ ले विजयी हुन सफल भयो ।

जितसँगै पीएसजीले लिग वानमा १३ अंकको स्पष्ट अग्रता लिदै उपाधि जित्न सम्भावना बलियो बनाएको छ । पीएसजीके २६ खेलबाट ६५ अंक पुगेको छ । उति नै खेलबाट मार्सेलीको ५२ अंक छ । पराजित बोर्डो ३५ अंकसहित १२औं स्थानमा छ ।

अन्य नतिजा

एन्जर्सविरुद्ध मोन्टेपेलिर (–०)

डिजोनविरुद्ध मोनाको (१–१)

लिलविरुद्ध टोलुज (–०)

स्टार्सवर्गविरुद्ध एमिएन्स (०–०)

सेन्ट इटिएविरुद्ध रेइम्स (१–१)

रेनिसविरुद्ध निम्स (–१)

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.