5 years ago
February 23, 2020
एजेन्सी – नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा सनसनी अर्लिङ ब्राउट हालान्डको उच्च प्रदर्शनलाई निरन्तरता दिदा बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा जित निकालेको छ । डर्टमन्डले वेर्डर ब्रेमेनलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो ।
डर्टमन्डको जितमा हालान्डसँगै डान एक्सेल जागाडोउले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु टोलीलाई दवावमा राखेपनि डर्टमन्डले गोलको लागि दोस्रो हाफ कुर्नुपरेको थियो ।
५२औं मिनेटमा डान एक्सेल जागाडोउले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाए । उनले जाडोन सान्चोको पासमा गोल गर्न सफल भएका थिए । ६६औं मिनेटमा अचराफ हाकिमीको पासमा हालान्डले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर बनायो ।
यसै विन्टरमा आरबी साल्जवर्गबाट डर्टमन्ड आएका हालान्डले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिदै जर्मनीमा आफ्नो छाप छोड्न सफल भएका छन् । उनले बुन्डेस लिगाको ६ खेलमा ९ गोल गरिसकेका छन् । १९ वर्षे हालान्डले समग्रमा डर्टमन्डबाट ८ खेल खेल्दै १२ गोल गरिसकेका छन् ।
जितसँगै डर्टमन्डले शीर्षस्थानको बायर्न म्युनिख र आरबी लाइप्जिगमाथि दवाव यथावतै राखेको छ । डर्टमन्डको २३ खेलबाट ४५ अंक छ । समान खेलबाटै बायर्नको ४९ तथा लाइप्जिगको ४८ अंक छ । वेर्डर ब्रेमेन १७ अंक जोडेर १७औं स्थानमा छ ।
शनिबार राति नै भएको अर्काे खेलमा आरबी लाइप्जिगले साल्केमाथि ५–० को सानदार जित निकाल्दै शीर्षस्थानको बायर्नसँगको अंक दुरी १ मा झारेको छ । लाइप्जिगको जितमा मार्सेल सावित्जर, टिमो वेर्नर, मार्सेल हल्सटनेवर्ग, एंगेलिनो र इमिल फोर्सवर्गले गोल गरे । पहिलो हाफमा १ तथा दोस्रो हाफमा ४ गोल सम्भव भएको थियो ।
२३ खेलबाट लाइप्जिगको ४८ अंक छ । समान खेलबाटै बायर्नको ४९ अंक छ । पराजित साल्के ३६ अंक जोडेर छैटौं स्थानमा छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]