default_image

5 years ago

February 23, 2020

जेससको गोलमा सिटीको जित

85 views

0 Bookmark

एजेन्सी – सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्राजिली ग्याब्रिएल जेससको एकमात्र गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा झिनो जित निकालेको छ । सिटीले घरेलु टोली लेस्टरमाथि १–० को झिनो जित निकालेको हो ।

किङ पावर स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६०औं मिनेटमा सिटीले पेनाल्टीको मौका पाएपनि सदुपयोग गर्न नसक्दा सिटी अग्रता लिनबाट चुक्यो ।

इकेए गुन्डोगानको कर्नरमा डेनिस पाएटले जानजान ह्यान्ड गरेपछि भिएआरको सहायतामा सिटीले पेनाल्टी पाएको थियो । तर सर्जियो अगुइरोको पेनाल्टी लेस्टरका गोलरक्षक कास्पर स्माइकलले रोकिदिए ।

८०औं मिनेटमा सब्सिच्युट जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनले रियाल महारेजको पासमा गोल गर्न सफल भएका थिए । जेससले मैदान छिरेको ४ मिनेट भित्र नै गोल गर्न सफल भएका थिए । उनी ७७औं मिनेटमा सर्जियो अगुइरोको स्थानमा मैदानमा प्रवेश गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा जेससको गोल नै सिटीको जितमा निर्णायक बन्यो ।

जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगका अंक दुरी छोट्याउदा तेस्रो स्थानको लेस्टर सिटीसँगको अक दुरी बढाएको छ । २७ खेलबाट ५७ अंक जोडेको सिटी एक खेल कम खेलेको लिभरपुलसँग १९ अंकले पछि छ । तेस्रो स्थानको लेस्टरलाई ७ अंकले पछि पारेको छ । लेस्टरको ५० अंक छ ।

अन्य नतिजा

चेल्सीविरुद्ध टोटेनहम (–१)

बर्नलीविरुद्ध बर्नमाउथ (–०)

क्रिस्टल प्यालेसविरुद्ध न्युक्यासल (–०)

सेफिल्डविरुद्ध ब्राइटन (१–१)

साउथह्याम्पटनविरुद्ध एस्टन भिल्ला (–०)

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.