default_image

5 years ago

February 23, 2020

रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टस विजयी

109 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार फवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा संघर्षपुर्ण जित निकालेको छ । युभेन्टसले घरेलु टोली एसपाललाई २–१ ले पराजित गरेको हो ।

युभेन्टसको जितमा रोनाल्डोसँगै आरोन राम्सीले एक गोल थपे । घरेलु टोलीका एन्ड्रिय पेटाग्नाले गोल गरेपनि हार टार्न सकेन । आफ्नो खेल करियरको १०००औं खेल खेलिरहेका रोनाल्डोले खेलको ३९औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । एसपालविरुद्ध गोल गरेसँगै रोनाल्डोले  सिरी ‘ए’ मा लगातार ११ खेलमा गोल गर्ने ग्याब्रियल बाटिस्टुटा र फावियो क्वाग्लिएरेल्लाको कीर्तिमानलाई बराबरी गरेका हुन् ।

उनले सिरी ‘ए’ मा लगातार ११ खेलमा गोल गर्ने ग्याब्रियल बाटिस्टुटा र फावियो क्वाग्लिएरेल्लाको कीर्तिमानलाई बराबरी गरेका हुन् । अर्जेन्टिनी ग्याब्रियलले एसएस रोमाबाट १९९४ मा र इटालियन फावियोले साम्पडोरियाबाट गतवर्ष लगातार ११ खेलमा गोल गर्दै कीर्तिमान बनाएका थिए ।

३५ वर्षे रोनाल्डोले डिसेम्वर १ मा सोसुलोविरुद्ध २–२ गोलको बराबरीमा सकिएको खेलमा गोल गरेयता युभेन्टसका लागि लगातार गोल गरिरहेका छन् । अर्काे साता इन्टर मिलानविरुद्धको खेलमा गोल गर्न सके रोनाल्डोले ग्याब्रियल बाटिस्टुटा र फावियो क्वाग्लिएरेल्लाको कीर्तिमान तोड्ने छन् । उनले युभेन्टसबाट ७३ खेलमा ५३ गोल गरेका छन् । रोनाल्डोले आफ्नो खेल करियरमा ७२५ गोल गरेका छन् ।

एसपालविरुद्ध नै करियरको १००० खेल पुरा गरेका रोनाल्डोले क्लबबाट ८३५ र राष्ट्रिय टोलीबाट २६४ पटक खेलिसकेका छन् । उमेर बढ्दै गएपनि रोनाल्डोका गोल गर्ने क्रम रोकिएको छैन । रोनाल्डोले २००२ मा १७ वर्षको उमेरमा स्पोर्टिङ लिस्वनबाट खेल्दै व्यवसायिक यात्रा थालेका थिए । त्यसयता रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियाल म्याड्रिडबाट खेलिसकेका छन् । उनी २०१८ मा युभेन्टस पुगेका थिए ।

एसपालको मैदानमा शनिबार राति भएको खेलमा जुवान कोर्डाडोको पासमा गोल गर्न सफल भएका थिए । ६०औं मिनेटमा पाउलो डिब्यालाको पासमा आराने राम्सीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । ६९औं मिनेटमा एन्ड्रियले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो ।

जितसँगै युभेन्टसले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ । युभेन्टसको २५ खेलबाट ६० अंक छ । एक खेल कम खेलेको लाजियोको ५६ तथा इन्टर मिलानको ५४ अंक छ । एसपाल १५ अंक जोडेर रेलिगेसन जोनको पुछारमा छ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.