5 years ago
February 23, 2020
एजेन्सी – स्पेनिस ला लिगामा रियाल म्याड्रिड स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा रियाल घरेलु टोली लेभान्टेसँग १–० ले स्तब्ध बनेपछि स्पेनिस ला लिगाको शीर्षस्थानमा पुग्ने अवसर गुमाएको छ ।
हारसँगै रियालले शीर्षस्थानमा उक्लने अवसर गुमाउँदा शीर्षस्थानको बार्सिलोनासँग २ अंकले पछि परेको छ । रियालको २५ खेलबाट ५३ अंक रहेको छ । उति नै खेलबाट बार्सिलोनाको ५५ अंक रहेको छ । रियाललाई पराजित गरेको लेभान्टे ३२ अंक जोडेर १०औं स्थानमा छ ।
क्याटलान क्लब बार्सिलोानाले शनिबार राति नै कप्तान लियोनेल मेस्सीको ४ गोल सहयोगमा एइवारलाई ५–० ले पराजित गर्दै शीर्षस्थानमा पूनरागमन गरेको थियो । ला लिगामा रियालको यो दोस्रो हार हो । यसअघि रियाल ला लिगाको नवौं राउन्डमा मार्लाेकासँग १–० ले पराजित भएको थियो । त्यसयता, २४औं चरण सम्म अपराजित रहेको रियाल लेभान्टेसँग स्तब्ध बन्न पुगेको हो ।
घरेलु टोलीलाई लगातार दवावमा राखेपनि रियालले लेभान्टेको बलियो रक्षापङ्ति तोड्न सकेन । ११औं मिनेटमा इस्कोको पासमा करिम बेन्जिमाले वान भर्सेस वानमा गाल गर्न सकेनन् । १६औं मिनेटमा टोनी क्रुसको कनैरमा क्यासमिरोको हेडर बाहिरियो । ४०औं मिनेटमा इस्कोको पासमा अनमार्क लुका मोड्रिचको प्रहारलाई लेभान्टेका गोलरक्षक एटिटरले बचाए ।
दोस्रो हाफको शरुमै लेभान्टेले गोलको सुन्दर अवसर खेर फाल्यो । इनिस बार्दीको प्रहारलाई रियालका गोलरक्षक थिवाउट कोर्टुवाले बचाए । ५३औं मिनेटमा मार्सेलोको लामा थ्रु बलमा इडेन हजार्ड चुके । घरेलु टोलीलाई लगातार दवावमा राखेको रियालले ७९औं मिनेटमा गोल खान पुग्यो । जोस लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए । त्यही गोल नै रियाललाई स्तब्ध पार्न पर्याप्त बन्यो ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]