5 years ago
February 22, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले पूनरागमन जित निकालेको छ । नेपोलीले घरेलु टोली ब्रेसियामाथि २–१ को पूनरागमन जित निकाल्न सफल भएको हो ।
ब्रेसियाको घरेलु मैदान स्टेडियो मारियो रिगामोन्टी ब्रेसियामा शुक्रबार राति भएको खेलमा नेपोलीको जितमा लोरेन्जो इन्सिग्ने र फावियन रुइजले गोल गरे । घरेलु टोलीका जोन चान्सेलरले गरेको गोल सान्त्वना बन्यो ।
खेलको २६औं मिनेटमा जोन चान्सेलरको गोलबाट ब्रेसियाले पहिलो हाफमा १–० को अग्रत बनाएको थियो । उनले सान्द्रो टोनालीको पासमा गोल गरेका थिए । तर, घरेलु टोलीले दोस्रो हाफमा त्यो अग्रतालाई जोगाउन सकेन ।
दोस्रो हाफमा नेपोलीले ४ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा अग्रता लिन सफल भयो । ५०औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । एलिस माटेजुले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि नेपोलीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई लोरेन्जोले सदुपयोग गरे ।
५४औं मिनेटमा फावियन रुइजले गोल गर्दै नेपोलीलाई खेलमा २–१ को अग्रता दिलाए । उनले जियोभानी डि लोरेन्जोको पासमा गोल गर्द सफल भएको थियो । त्यसपछि पनि नेपोलीले घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा नेपोली २–१ ले विजयी बन्न सफल भयो ।
जितसँगै नेपोली २५ खेलबाट ३६ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । ब्रेसिया १६ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा रहेको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]