default_image

5 years ago

February 21, 2020

आर्सनल विजयी, युनाइटेड रोकियो

144 views

0 Bookmark

एजेन्सी – युइएफए युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले जित हात पार्दा अर्काे इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

आर्सनलले ग्रीसको ओलम्पियाकोसमाथि १–० को झिनो जित निकाल्दा युनाइटेड बेल्जियन क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । दुवै टोलीले गोलको केही अवसर गुमाउदा प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेल सकिन ९ मिनेट बाँकी रहँदा एलेक्सान्द्रे लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यही गोल नै निर्णायक बन्यो । उनले बुकायो साकाको पासमा गोल गरेका थिए । दोस्रो लेग आसर्नलको मैदमा २८ फेब्रुअरीमा हुनेछ ।

अर्काे खेलमा गोलरक्षक सर्जियो रोमेरोको ठुलो गल्तीमा म्यानचेस्टर युनाइटेड बेल्जियन क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको छ । क्लब ब्रुगका इमानुयल डेनिसले तथा युनाइटेडका एन्थोनी मार्सियालले गोल गरे ।

खेलको १५औं मिनेटमा इमानुयल डेनिसले गोल गर्दै क्लब ब्रुगलाई अग्रता दिलाएका थिए । गोलरक्षक सिमोन मिग्नोलेटको दिएको लामो पासमा युनाइटेडका गोलरक्षक सर्जियो रोमेरो पोजेसनमा नरहँदा इमानुयल डेनिसले गोल गर्न सफल भएका थिए । ३६औं मिनेटमा एन्थोनी मार्सियालले बराबरी गोल फर्काए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । दोस्रो लेग युनाइटेडको मैदानमा २८ फेब्रुअरीमा हुनेछ । युनाइटेडलाई यही बराबरीको नतिजा प्रि–क्वाटर फाइनल पुग्न पर्याप्त हुनेछ । क्लब ब्रुगलाई अर्काे चरण प्रवेश गर्न कम्तीमा पनि १–० को जित आवश्यक छ ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.