5 years ago
February 21, 2020
एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुले एक गोल र एक असिस्ट दिएपछि इटालियन क्लब इन्टर मिलानले युइएफए युरोपा लिगको राउन्ड अफ ३२ मा सहज जित हात पारेको छ । इन्टरले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो ।
लुडोगोरेट्स एरिना राजग्राडमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । इन्टरका लागि एक गोल यसै विन्टरमा इंग्लिस क्लब टोटेनहमबाट इन्टर मिलान पुगेका त्रिस्टियन इरिक्सनले गोल गरे ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि इन्टरले दोस्रो हाफमा दुई गोल गर्दै जित पक्का गरेका थिए ।
७१औं मिनेटमा क्रिस्टियन इरिक्सनले लुकाकुको पासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए ।
इन्ज्युरी समयमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई जित दिलाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एनिसेट एबेलले डानिलो डि एम्ब्रोसियोलाई लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो । जसलाई लुकाकुले सदुपयोग गरे ।
दोस्रो लेग २८ फेब्रुअरीमा इन्टरको मैदानमा हुनेछ । यसमा बराबरी या जित हात पारे इन्टर प्रि–क्वाटरफाइनलमा प्रवेश गर्नेछ । लुडोगोरेट्स राजग्राडलाई अर्काे चरण प्रवेश गर्न कम्तीमा पनि ३–० को जित आवश्यक छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]