default_image

5 years ago

February 20, 2020

ट्रान्सफर विन्डो सकिएपनि बार्सिलोनाले नयाँ फरवार्ड भित्र्यायो

114 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आकस्मिक अवस्थामा खेलाडी अनुबन्ध गर्न पाउने अधिकारको प्रयोग गर्दै ट्रान्सफर विन्डो सकिएपछि पनि लेगानेसबाट फरवार्ड मार्टिन ब्रेथवेटलाई अनुबन्ध गरेको छ ।

फ्रान्सेली युवा विंगर ओस्मान डेम्बेले लामो समयका लागि मैदानबाहिर रहने पक्का भएपछि बार्सिलोनाले उनको विकल्पमा नयाँ खेलाडी अनुबन्ध गरेको हो । लेगानेसबाट खेल्दै आएका ब्रेथवेट डेनमार्कका हुन् । उनले सन् २०२४ सम्मका लागि बार्सिलोनामा सम्झौता गरेका छन् । उनको रिलिज कलज ३ सय मिलियन युरो तोकिएको छ ।

बार्सिलोनाले डेम्बेले घाइते भएपछि उनको विस्तृत स्वास्थ्य रिपोर्ट ला लिगा समक्ष बुझाएको थियो । ला लिगाले बार्सिलोनालाई नयाँ फरवार्ड अनुबन्धन गर्न स्वीकृति दिएपछि लेगानेसबाट ब्रेथवेट बार्सिलोना आएका हुन् । लेगानेसले यसअघि अर्का फरवार्ड युसुफ एन नेस्य्रीलाई सेभिल्लामा बेचेको थियो । रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको लेगानेसले पनि नयाँ खेलाडी अनुबन्ध गर्न खोज्दा भने लिगले स्वीकृति दिएन ।

बार्सिलोनाका अर्का फरवार्ड लुइस सुआरेज पनि अझै केहि समय मैदानबाहिर छन् । उनको घुँडाको शल्यक्रिया गरिएको छ ।  डेम्बेले पनि कम्तिमा ६ महिना मैदानबाहिर रहनेछन् । ब्रेथवेटको आगमनसँगै मेस्सी र अन्सु फातीमा भर परेको बार्सिलोनाको आक्रमणलाई केहि सहज हुनेछ । लिगको दोस्रो स्थानमा रहेको बार्सिलोना रियल म्याड्रिडभन्दा १ अंक पछाडी छ ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.