default_image

5 years ago

February 20, 2020

सिटीको सहज जित

111 views

0 Bookmark

एजेन्सी – केभिन डि ब्रुयनले एक गोल र एक असिस्ट दिएपछि साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । सिटीले रेलिगेसन जोनमा रहेको वेस्टह्यामलाई २–० ले पराजित गरेको हो । 

घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति सिटीको सहज जितमा रोड्री र केभिन डि ब्रुयनले गोल गरे । दुई गोल पहिलो र दोस्रो हाफमा सम्भव भएको थियो । खेलको सुरुवातदेखि नै वेस्ट ह्यामलाई दवावमा राखेको सिटीले खेलको ३०औं मिनेटमा अग्रता लिन सफल भएको थियो । केभिन डि ब्रुयनको पासमा रोड्रीले गोल गर्दै सिटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

६२औं मिनेटमा बर्नाडो सिल्भाको पासमा अघिल्लो गोलमा अवसर सिर्जना गरेका केभिन डि ब्रुयनले गोल गर्दै सिटीको जित पक्का गरे । जितसँगै सिटीले लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी कम गर्दा तेस्रो स्थानको लेस्टर सिटीसँगको अंक दुरी बढाएको छ । शीर्ष स्थानको लिभरपुलको ७६ अंक छ । सिटीको ५४ अंक छ । लेस्टर ५० अंक जोडेर तेस्रो स्थानमा छ । रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामको २४ अंक छ ।

आर्थिक नियमावली उल्लङ्घन गरेका कारण युरोपेली फुटबल महासंघको प्रतिबन्ध सुनाएपछिको पहिलो खेलमा सिटीले जित निकालेको हो । युरोपमा प्रतिबन्धसँगै सिटीले दुई वर्ष च्याम्पियन्स लिग लगायतका युरोपेली प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । सिटीले निर्णयविरुद्व कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्समा अपिल गर्ने बताएको छ । वेस्ट ह्यामविरुद्ध खेलका दौरान सिटीका समर्थकले यूईएफएविरुद्ध नाराबाजी समेत गरेका थिए ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.