default_image

5 years ago

February 19, 2020

टोटेनहमका सनले सिजन गुमाउने

106 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरका दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले यो सिजनको बाँकी सबै खेल गुमाउने भएका छन् । टोटेनहमका म्यानेजर जोसे मौरिन्होले चोटका कारण सनले सिजनको बाँकी सबै खेल गुमाउने भएको बताएका छन् ।

सनले इंग्लिस प्रिमियर लिग दौरान एस्टन भिल्लामाथि ३–२ को संघर्षपुर्ण जित निकालेको खेलमा दायाँ हातमा चोट बोक्न पुगेका थिए । दुवै गोल सनले नै गरेका थिए । उनले पहिलो हाफको र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै टोटेनहमलाई जिताएका थिए ।

चोट बोकेसँगै सनले यो सिजनको सम्भावित १३ खेल गुमाउने भएका छन् । सनको चोटसँगै टोटेनहमलाई फरवार्ड लाइनमा झनै समस्या बढेको छ । यसअघि नै ह्यारी केन चोट बोक्दै मैदान बाहिर छन् । उनी अप्रिलमा फर्कने सम्भावना छ ।

‘उनको दायाँ हात भाँचिएको छ । अब शल्यक्रिया गर्नुपर्ने हुनाले यो सिजन खेलमा फर्कने सम्भावना न्युन छ । मलाई आशा छ उनी छिट्टै मैदान फर्कनेछन्, ‘म्यानेजर मौरिन्होले आरबी लेइपजिगविरुद्धको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेग अघि भने, ‘मसँग अब स्ट्राइकर नै छैन । १८ वर्षीय ट्राय पारोट छन् । उनी पुरा तयार छैनन् । उनलाई मौका दिनुको विकल्प छैन । केही समय अघि मसँग बेन्चमा आक्रमण गर्ने विकल्प नहुदा चिन्तित थिए । अहिले म सँग पिचमा आक्रमण गर्ने विकल्प छैन ।’  टोटेनहमका मिडिया अफिसरले भने सिजनको अन्तिम खेलहरुमा फर्कन सक्ने बताएका छन् ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.