5 years ago
February 19, 2020
एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा हार बेहारेको छ । मंगलबार राति लिभरपुल घरेलु टोली स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएको हो ।
इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल पछिल्लो १५औं खेलमा दोस्रोपटक पराजित भएको हो । कारवाओ कपमा एस्टनभिल्लासँग ५–० ले पराजित भएयता लिभरपुल अपराजित रहेको थियो । यसक्रममा लिभरपुलले एफए कपमा स्रुजवरीसँग २–२ गोलको बराबरी खेलेको थियो । बाँकी १३ खेलमा जित निकाल्न सफल भएको थियो ।
घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एट्लेटिकोको जितमा साउल निग्वेजले पहिलो हाफको शुरुमै गरेको गोल नै निर्णायन बन्न पुगेको थियो । लिभरपुल सम्हालिन नपाउदै खेलको चौथो मिनेटमा नै सउल निग्वेजको गोलबाट घरेलु टोलीले खेलम अग्रता बनाएको थियो । कप्तान कोकेको पासमा निग्वेजले क्लोज रेन्जबाट गोल गर्न सफल भएका थिए ।
सुरुवातमै पछि परेपछि लिभरपुलले बल पोजेसनमा पकड जमाउँदै घरेलु टोलीलाई दवावमा राख्दै २६औं मिनेटमा पहिलो आक्रमण बुनेको थियो । रोबर्टाे फिर्मिनोले मोहम्मद सलाहको पासमा गोल गरेपनि उनी अफसाइड ठहरिए । त्यसअघि २५औं मिनेटमा भर्जिल भान डाइकले अल्भेरो मोराटोको प्रहारलाई गोल लाइनबाट क्लियर गरिदिएका थिए ।
२९औं मिनेटमा फिर्मिनोको पासमा एन्ड्रिउ रोवर्टसनको प्रहार बाहिरियो । ३५औं मिनेटमा फिमिनोकै पासमा सलाहको प्रहारलाई फिलिपेले ब्लक गरिदिए । ५३औं मिनेटमा सलाहले अर्काे अवसर खेर फाल्दा लिभरपुल बराबरीबाट चुक्यो । ६८औं मिनेटमा अल्भेरो मोराटाले गोलको सुन्दर मौका खेर फाल्दा एट्लेटिको अग्रता दोब्बर पार्नबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा एट्लेटिको १–० ले विजयी हुन सफल भयो ।
अब दोस्रो लेग लिभरपुलको घरेलु मैदान एनफिल्डमा ११ मार्चमा हुनेछ । लिभरपुललाई अघिल्लो चरणमा पुग्न कम्तीमा पनि जित आवश्यक छ । एट्लेटिकोलाई अघिल्लो चरण पुग्न बराबरी नै पर्याप्त हुनेछ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]