5 years ago
February 19, 2020
एजेन्सी – नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको उत्कृष्ट प्रदर्शनमा बोरुसिया डर्टमुन्डले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ ।
घरेलु मैदान सिग्नाल इदुना पार्कमा हालान्डले २ गोल गरेपछि डर्टमुन्ड २-१ ले विजयी भएको हो । पीएसजीका लागि नेयमारले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । हालान्डले जारी सिजन २९ खेलमा नै ३९ गोल गरिसकेका छन् । डर्टमुन्ड आएयता नै उनले ११ गोल गरेका छन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ६९ औं मिनेटमा हालान्डको गोलमा डर्टमुन्डले अग्रता लियो । राफेल गुरेरोको प्रहार ६ यार्ड बक्सभित्र डिफेन्डरलाई लाग्दै फुस्केपछि उक्त बललाई हालान्डले गोलमा परिणत गरेका थिए । ७५ औं मिनेटमा नै नेयमारले किलियन एम्बाप्पेको क्रसलाई सदुपयोग गर्दै गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
तर हालान्डले पीएसजीको अग्रता दुई मिनेट पनि टिक्न दिएनन् । उनले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको शक्तिशाई प्रहार पीएसजीका गोलरक्षक केलर नाभासले बचाउने कुनै मौका पाएनन् । पहिलो हाफमा पनि केहि अवसर पाएका हालान्डले च्याम्पियन्स लिगको आफ्नो उच्च लयलाई कायम राख्न सफल रहे ।
खेलको दोस्रो लेग मार्च ११ मा पेरिसको घरेलु मैदानमा हुनेछ । पहिलो लेगको नतिजाले प्रशिक्षक थोमस टुचेलमाथि भने निकै दबाब थपिएको छ । २ सिजन डर्टमुन्डमा बिताएका टुचेलले पीएसजीलाई लगातार ४ सिजनपछि क्वाटरफाइनलमा पुर्याउने लक्ष्य राखेका छन् ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]