5 years ago
February 18, 2020
एजेन्सी – क्रोएसियन विंगर एन्टी रेविकको एकमात्र निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा जित हात पारेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलानले टोरिनोलाई १–० ले पराजित गरेको हो ।
रेविककले २५औं मिनेटमा स्यामुइल क्यास्टिलेजोको पासमा गोल गर्न सफल भएका थिए । जर्मन क्लब फ्रन्कफर्टबाट लोनमा मिलान आएका उनले यहाँ उच्च प्रदर्शन गरिरहेका छन् । उनले पछिल्लो ७ लिग खेलमा ६ गोल गरिसकेका छन् ।
घरेलु टोलीका भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिच गोल नजिक पुगेर चुक्दा मिलान अग्रता दोब्बर पार्नबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा रेविकले पहिलो हाफमा गरेको गोल नै मिलानको जितमा निर्णायक बन्यो ।
जितसँगै आठौं स्थानमा रहेको मिलानले टप सिक्समा रहेको हेलास भेरोनासँग अंक बराबरी गरेको छ । मिलानको २४ खेलबाट ३५ अंक छ । समान ३५ अंक रहेपनि हेलास भेरोना र पर्मा गोल अन्तरमा अघि रहेको हो । टोरिनो २७ अंक जोडेर १४औं स्थानमा छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]