5 years ago
February 17, 2020
एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा शीर्षस्थानलाई यथावत राखेको छ । आइतबार राति एफसी कोल्नलाई ४–१ ले पराजित गर्दै बायर्नले शीर्षस्थानमा १ अंकको अग्रता यथावत राखेको हो ।
जितसँगै बायर्नको २२ खेलबाट ४६ अंक पुगेको छ । उति नै खेलाट आरबी लेइपजिगको ४५ अंक छ । कोल्न २३ अंक जोडेर १४औं स्थानमा छ । बायर्नको फराकिलो जितमा सर्जी जिनाब्रीले दुई तथा रोवर्ट लेवान्डोस्की र किङ्सले कोमानले समान एक गोल गरे । मार्क अथले एक गोल फर्काए ।
खेलको तेस्रो मिनेटमा रोवर्टो लेवान्डोस्कीको गोलबाट बायर्नले खेलमा अग्रता बनाएको थियो । पाँचौं मिनेटमा किङ्सले कोमानले गोल गरेपछि बायर्न खेलमा २–० ले अघि बढ्यो । १२औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।
४७औं मिनेटमा कोल्नका जोन कोर्डाेवाले गोल गरेपनि उनी अफसाइड ठहरिए । ६६औं मिनेटमा सर्जी जिनाब्रीले व्यक्तिगत दोस्रो तथा टिको लागि चौथो गोल गरेपछि बायर्न ४–० को फराकिलो जिततर्फ अग्रसर बन्यो । ७०औं मिनेटमा घरेलु टोलीका मार्कले एक गोल फर्काएपनि हार टार्न सकेन ।
अर्काे खेलमा मेइन्ज र साल्केले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]