default_image

5 years ago

February 17, 2020

युभेन्टस शीर्षस्थानमा, इन्टर मिलान स्तब्ध

126 views

0 Bookmark

एजेन्सी – इटालियन जाइन्ट युभेन्टसले इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा पूनरागमन गर्दा इन्टर मिलान लाजियोसँग स्तब्ध बनेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित ब्रेसियालाई २–० ले पराजित गर्दै युभेन्ट्सले शीर्षस्थानमा पूनरागमन गरेको हो ।

आइतबार राति नै लाजियोसँग २–१ स्तब्ध बन्न पुगेपछि इन्टर मिलान तेस्रो स्थानमा झरेको छ । युभेन्टसको २४ खेलबाट ५७ अंक छ । समान खेलबाटै लाजियोको ५६ तथा इन्टर मिलानको ५४ अंक छ । ब्रेसिया १६ अंक जोडेर १९औं स्थानमा छ ।

खेलको ३७औं मिनेटमा फ्लोरिन एइले दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि ब्रेसिया १० खेलाडीमा समेटियो । जसको फाइदा युभेन्ट्सले उठायो । त्यसको दुई मिनेटपछि पाउलो डिव्यालाले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रत दिलाए । ७५औं मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए ।

अर्काे खेलमा लाजियाको जितमा सिरो इमोवाइल र सेर्गेज मिलिन्कोभिक साभिकले गोल गरे । इन्टरका एस्ली योङले गरेको गोल सान्त्वना बन्यो । इन्टर मिलानले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

४४औं मिनेटमा एस्ली योङले गोल गर्दै इन्टरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५०औं मिनेटमा सिरो इमोवाइलले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६९औं मिनेटमा मिलिन्कोभिक साभिकले गोल गर्दै इन्टरलाई २–१ ले स्तब्ध पारे ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.