default_image

5 years ago

February 16, 2020

पीएसजीको रोमाञ्चक बराबरी

79 views

0 Bookmark

एजेन्सी – शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा पुछारको क्लब एमिन्ससँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजी रेलिगसन जोनमा रहेको एमिन्ससँग ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

एमिन्सका सेरोउ गुइरासीले दुई तथा गेइल काकुटा र फेउसेनी डियावाटीले गोल गरे । पीएसजीका नियान्जोउ कोउएसीले दुई तथा एन्डर हेरेरा र मोउरो इकार्डीले गोल गरे । मुख्य खेलाडी केलियन एम्बाप्पे र नेयमारबिनै मैदान उत्रिएको पीएसजी एक समय ३–० ले पछि परेको थियो । त्यसपछि पीएसजीले खेलमा लगतार ४ गोल गर्दै अग्रता लिएपनि अन्तिम मिनेटमा सम्हालिन नसक्दा अंक बाड्न बाध्य बन्यो ।

खेलको पाँचौ मिनेटमा सेरोउ गुइरासीको गोलबाट पीएसजी खेलमा पछि परेको थियो । २९औं मिनेटमा गेइल काकुटाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनायो । फेउसेनी डियावाटीले ४५औं मिनेटमा गोल गरेपछि घरेलु टोलीले पीएसजीविरुद्ध ३–० को अग्रता लिन सफल भएका थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा पीएसजीका एन्डर हेरेराले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने संकेत गरे । दोस्रो हाफमा नियान्जो कावासीले लगातार दुई गोल गर्दै पीएसजीलाई बराबरीमा फर्काएका थिए । ६०औं मिनेटमा पहिलो गोल गरेका नियान्जोउ कोउएसीले ६५औं मिनेटमा अर्काे गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याएका थिए ।

मोउरा इकार्डीले ७४औ मिनेटमा गोल गरेपछि पीएसजीले खेलमा पहिलोपटक ४–३ को अग्रता लिन सफल भयो । तर, पीएसजीले त्यो अग्रता जोगाउन सकेन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सेरोउ गुइरासीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पीएसजीसँग अंक खोस्न सफल भए ।

बराबरीसँगै पीएसजीले दोस्रो स्थानको मार्सेलीसँग १३ अंकको स्पष्ट अग्रता कायम राखेको छ । एमिन्स २१ अंकसहित रेलिगेशन जोनमा यथावत छ । पीएसजीले आगमी मंगलबार च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको पहिलो लेगमा जर्मन बोरुसिया डर्टमण्डसँग खेल्दैछ । सोही कारण उसले केलियन एम्बाप्पेलाई विश्राम तथा नेयमार चोटबाट प्रशिक्षणमा फर्किएका छन् ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.