5 years ago
February 16, 2020
एजेन्सी – अपराजित रहेको मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमका २५ अंकको फराकिलो अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा नर्विच सिटीलाई १–० ले पराजित गर्दै लिभरपुलले २५ अंकको फराकिलो अग्रतासहित उपाधि यात्रालाई बलियो बनाएको छ ।
लिभरपुलले एक खेल कम खेलेको साविक विजेता म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको हो । लिभरपुलको २६ खेलबाट ७६ अंक पुगेको छ । लिभरपुलले २५ खेलमा जित र १ बराबरीको नतिजा निकालेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ५१ अंक छ ।
अब लिभरपुललाई उपाधि जित्न अब बाँकी १२ खेल मध्य मात्र ५ खेलमा जित आवश्यक छ ।
लिभरपुलको जितमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका साडियो मानेले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । मानेले ७८औं मिनेटमा गोल गरेका थिए । कप्तान जोर्डन हेन्डरसनको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।
उनी ६०औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनको स्थानमा मैदान छिरेका थिए । चोटका कारण पछिल्लो दुई खेल गुमाएका मानेले मैदान फर्कदै गोल गर्न सफल रहे । नर्विचविरुद्ध लिभरपुलले खेलमा बल पोजेसन राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
लिभरपुलसँग पराजित नर्विच २६ खेलबाट १८ अंक जोडेर रेलिगेसन जोनको पुछारमा रहेको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]