5 years ago
February 16, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा गेटाफेलाई पराजित गर्दै शीर्षस्थानको रियाल म्याड्रिडसँग अंक बराबरी गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा गेटाफेमाथि २–१ को संघर्षपुर्ण जित निकाल्दै बार्सिलोनाले रियालसँग अंक बराबरी गरेको हो ।
बार्सिलोनाले २४ खेलमा ५२ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको रियालको पनि ५२ अंक रहेको छ । ४२ अंक जोडेको गेटाफे तेस्रो स्थानमा छ ।
बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमन र सर्जी रोबर्टोले गोल गरे । गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए । नोउ क्याम्पमा खेलको २३औं मिनेटमा एलान न्योनको गोलले मान्यता नपाउदा गेटाफे अग्रता लिनबाट चुक्यो । जर्ज मोलिनाको हेडरलाई बार्सिलेनाका गोलरक्षक टेर स्टेगनले बचाएपनि रिवाउन्डमा एलान न्योनले गोल गरेपनि उनी अफसाइड ठहरिए ।
३३औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए । ३९औं मिनेटमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
६६औं मिनेटमा रोड्रिग्वेजले जेमी माटाको पासमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । ७२औं मिनेटमा रोड्रिग्वेजले गरेको सशक्त प्रहार टेर स्टेगनले उत्कृष्ट बचाउ गरेपछि गेटाफे बराबरीबाट चुक्न पुग्यो । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोनाले २–१ को कठिन जित निकाल्न सफल भयो ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]