default_image

5 years ago

February 15, 2020

वल्भ्स र लेस्टर बराबर

110 views

0 Bookmark

एजेन्सी – वल्भ्स र लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली वल्भ्स १० खेलाडीमा समेटिएको लेस्टरसिटीसँग रोकिएको हो ।

बराबरीसँगै लेस्टरले दोस्रो स्थानमा उक्लने मौका गुमउदा वल्भ्सले पनि छैटौं स्थानमा उक्लने अवसर खेर फाल्यो । बराबरीपछि लेस्टर २६ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा वल्भ्स ३६ अंक जोडेर सातौ स्थानमा रहेको छ । शीर्षस्थानको लिभरपुलको ७३ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ । दुवैले एक खेल कम खेलेका छन् ।

प्रतिस्पर्धात्मक खेलको शुरुवातमा घरेलु टोलीलाई बल पोजेसनमा दवावमा राखेपनि वल्भ्सले पहिलो पोस्ट आक्रमण बुनेको थियो । १०औं मिनेटमा पेड्रो नेटोले दुई डिफेन्डरलाई बिट गर्दै डिएगो जोटालाई दिएको पासमा उनको प्रहार लेस्टरका गोलरक्षकले बचाए ।

४२औं मिनेटमा जोटाको अर्काे प्रहार बाहिरियो । ४४औं मिनेटमा वल्भ्सका विली वोलीकोले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा घरेलु टोली अग्रता लिनबाट चुक्यो । गोलका लागि बल उपलब्ध गराउने जोटा अफसाइड ठहरिए ।

६०औं मिनेटमा लेस्टरले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई कुनै मतलवै राखेनन् । ७६औं मिनेटमा लेस्टर १० खेलाडीमा समेटियो । लेस्टरका हम्जा चौधरीले अनावश्यक ह्यान्ड गरेपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाउदै उनलाई मैदान बाहिर पठाए । तर, लेस्टर १० खेलाडीमा समेटिएको फाइदा घरेलु टोली वल्भ्सले उठाउन सकेन ।  त्यसपछि पनि थप गोल निस्कन नसक्दा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बने ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.