5 years ago
February 15, 2020
एजेन्सी – युवा खेलाडीद्वय एर्लिङ हालान्ड र जेडन सान्चोले गोल गरेसँगै बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । घरेलु टोली डर्टमन्डले फ्रान्कफर्टमाथि ४–० को सानदार जित निकालेको हो ।
डर्टमन्डको फराकिलो जितमा हालान्ड र सान्चोसँगै लुकास्ज पिसजेक र राफायल गुरेरियोल गोल गरे । सिग्नल इडुना पार्कमा शुक्रबार राति भएको खेलको पहिलो हाफमा १ तथा दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो । खेलको ३३औं मिनेटमा अचराफ हाकिमीको पासमा लुकास्ज पिसजेकले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० ले अघि बढाएका थिए ।
४९औं मिनेटमा एक्सले विस्टेलको पासमा जाडोन सान्चोले गोल गरेपछि डर्टमन्डले खेलमा २–० को अग्रता बनायो । ५४औं मिनेटमा आर्लिङ हालान्डले आचरफ हाकिमीको पासमा गोल गर्दै डर्टमन्डलाई फराकिलो जिततर्फ अग्रसर गराए ।
यसै विन्टरमा साल्जवर्गबाट डर्टमन्ड पुगेका हालान्डले बुन्डेस लिगामा ५ खेलमा ८ गोल गर्दै आफ्नो प्रभावशमली प्रदर्शनलाई जारी राखेका छन् । ७४औं मिनेटमा गुरेरियोल गोल गर्दै डर्टमन्डलाई ४–० को सानदार जित दिलाए ।
जितसँगै डर्टमन्ड २२ खेलबाट ४२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आरबी लेइपजिगको समान ४२ अंक रहेपनि गोल अन्तरमा तेस्रो स्थानका रहेको छ । शीर्षस्थानको बायर्नको ४३ अंक छ । फ्रान्कफर्ट २८ अंक जोडेर नवौं स्थानमा छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]