5 years ago
February 14, 2020
एजेन्सी – अन्तिम समयमा सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको विवादास्पद पेनाल्टी गोलसँगै युभेन्टस कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा एसी मिलानसँगको हारबाट जोगिएको छ । युभेन्टसले १० खेलाडीमा समेटिएको घरेलु टोली एसी मिलानलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।
मिलानोमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । २२औं मिनेटमा डेभिड कालाब्रियाको प्रहारलाई युभेन्टसका गोलरक्षक जियानलुजी बुफोनले बचाए । २९हमैं मिनेटमा एन्टी रेविकको प्रहारलाई बुफोनले बचाए ।
३६औं मिनेटमा जुवान कोर्डाडोको प्रहारलाई मिलानका गोलरक्षक जियानलुजी डोनारुम्माले बचाएपछि युभेन्टस अग्रता लिनबाट चुक्यो ।
५९औं मिनेटमा एन्टी रेविकको पासमा ज्लाटन इभ्राहिमोभिचको प्रहारलाई बुफोनले सहजै बचाए । ६१औं मिनेटमा एन्टी रेविकको गोल गर्दै मिलानलाई अग्रता दिलाए । स्यामुइल क्यास्टिलेजोको क्रस पासमा रेविकको भली प्रहार गोलमा परिणत भएको थियो ।
७१औं मिनेटमा मिलान १० खेलाडीमा समेटिन पुग्यो । थियो हर्नान्डेजले पाउलो डिब्यालालाई फल गरेपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाएका थिए । मिलान १० खेलाडीमा समेटिएपछि युभेन्टसले खेलमा पकड बनाउदै एक गोल गर्न सफल भयो । ८४औं मिनेटमा डिब्यालाले खेललाई बराबरी गर्ने सुन्दर मौका खेर फाल्यो । ८८औं मिनेटमा रोनाल्डोको ओभर हेड किकमा डेभिड कालाब्रियाले ह्यान्ड गरेको भन्दै युभेन्टसले पेनाल्टीको अपिल गर्यो ।
रोनाल्डोको प्रहारमा डेभिडको आर्ममा लागेपनि उनले बलतिर हेरेको थिएनन् । तर, रेफ्रीको भिएआरको सहायता लिदै युभेन्टसलाई विवादास्पद पेनाल्टी दिए । त्यही विवादास्पद पेनाल्टीमा रोनाल्डो चुकेनन् । र युभेन्टसलाई हारबाट जोगाए ।
सेमिफाइनलको दोस्रो लेग युभेन्टसको मैदानमा ५ मार्चमा हुनेछ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]