default_image

5 years ago

February 13, 2020

नेपोलीसँग इन्टरको हार

109 views

0 Bookmark

एजेन्सी – स्पेनिस मिडफिल्डर फावियन रुइजको एक गोल सहयोगमा नेपोलीले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ । नेपालीले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो । 

यस जितसँगै नेपोलीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा ६ मार्चमा हुने दोस्रो लेगमा नेपोलीलाई फाइनल पुग्न बराबरी नै पर्याप्त छ । इन्टरलाई भने फाइनल पुग्न कम्तीमा पनि २–० को जित आवश्यक छ ।

प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा क्रिस्टियानो भिरागीका फ्रिकिक क्रसबारबाट थोरै बाहिरिदा घरेलु टोली अग्रता लिनबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ड्रिएस मेर्टिन्सको टाइट एंगलबाटर गरेको प्रहारलाई इन्टरका गोलरक्षक ड्यानिले पाडेलीले मुस्किले बचाउदा नेपोली अग्रता लिनबाट चुकेको थियो ।

५०औं मिनेटमा इन्टरका रोमेलु लुकाकुले गोल गर्न सकेन । ५७औं मिनेटमा फावियन रुइजले गोल गर्दै नेपोलीलाई अग्रता दिलाए । जियोभानी डि लोरेन्जोको पासमा रुइजले गोल गर्न सफल भएका थिए ।

६७औं मिनेटमा फ्रिकिकमा लुकाकुको हेडर सदुपयोग हुन सकेन । ७२औं मिनेटमा त्रिस्टियन इरिक्सनको २० यार्डको प्रहार बाहिरियो । ८६औं मिनेटमा लोउटारो मार्टिनेजको प्रहार प्रहार गोलरक्षक डेभिड ओस्पिनाले बचाए । रिवाउन्डमा इरिक्सनको प्रहार बाहिरिदा इन्टर मिलान बराबरीबाट चुक्यो ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा ड्यानिलो डि एम्ब्रोसियाको प्रहारलाई बचाउदै सम्भावित बराबरी टारे । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली १–० ले विजयी हुन सफल भयो ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.