default_image

5 years ago

February 13, 2020

आधादर्जन गोलसँगै पीएसजी सेमिफाइनलमा

94 views

0 Bookmark

एजेन्सी – लिग वान क्लब डिजोनमाथि गोलको वर्षा गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पीएसजीले घरेलु टोली डिजोनलाई ६–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

पीएसजीको आधा दर्जन गोलमा पाब्लो सारावियाले दुई गोल गर्दा केलियन एमबाप्पे र थियागो सिल्भाले समान १ गोल गरे । दुई गोल उपहार पाएको थियो । घरेलु टोलीका मुनिर चोउएरले गरेको गोल सान्त्वना बन्यो ।

बुधबार राति भएको खेलको पहिलो मिनेटमा नै पीएसजी वेस्ली लोउटोओको आत्मघाती गोलबाट अघि बढेको थियो । १३औं मिनेटमा मुनिर चोउएरले बराबरी गोल फर्काए । ४४औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पीएसजीले पहिलो हाफमा २–१ को अग्रता बनायो । दोस्रो हाफमा पीएसजीले चार गोल थप्दै फराकिलो जित निकाल्न सफल भयो ।

५०औं मिनेटमा पाब्लो सारावियाको पासमा कप्तान थियागो सिल्भाले गोल गर्दै पीएसजीलाई ३–१ ले अघि बढाए । त्यसपछिको दुई गोल पाब्लो सारावियाको नाममा रह्यो । ५५औं मिनेटमा सारावियाले गोल गरेपछि पीएसजी फराकिलो जिततर्फ अग्रसर बन्यो । ८६औं मिनेटमा सिनोउ कोउलीवालीले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा ५–१ को आरामदायी अग्रता बनायो ।

९०औं मिनेटमा सारावियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरेपछि पीएसजीले खेलमा ६–१ को फराकिलो जितसँगै अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।

अर्काे क्वाटरफाइनलमा लियोनले मार्सेलीलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । यस्तै रेनिसले एएसएम बेलफोर्टलाई ३–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको छ । अर्काे सेमिफाइनलमा आज राति इपिनल र सेन्ट इटिएनबीच प्रतिस्पर्धा हुँदैछ ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.