5 years ago
February 12, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा फ्रेन्च फरवार्ड औसमाने डेम्वेले ६ महिना मैदान बाहिर रहने पक्का भएको छ । बार्सिलोनाले मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै डेम्वेले ६ महिना मैदान बाहिर रहेने पक्का भएको बताएको छ ।
चोटसँगै डेम्वेलेले यो सिजनको बाँकी खेलका साथै युरोपियन च्याम्पियनसिप २०२० समेत गुमाउने भएको छ । डेम्वेलेले गत नोभेम्वरमा दाया खुट्टामा ह्यामस्ट्रिङ चोट बोक्न पुगेका थिए । उनको मंगलबार नै फिनल्यान्डको टुर्कुमा खुट्टाको सफल शल्यक्रिया भएको थियो ।
बार्सिलोनाका पहिलो रोजाईका डेम्वेलेको डाक्टर लासी लेम्पाइनेनले सफल शल्यक्रिया गरेका थिए । उनी मैदानमा फर्कन कम्तीमा पनि ६ महिना बढी लाग्ने चिकित्सकले बताएका छन् । नोभेम्वर देखि नै ह्यामस्ट्रिङ इन्ज्युरी रहेका उनले लगातार रिकभरी प्रयास गरेपनि उनको शल्यक्रिया नै गर्नुपर्ने भएको हो । उनी एक साता अघि बार्सिलोनाको प्रशिक्षण छाड्दै शल्यक्रियाका लागि फिनल्यान्ड पुगेका थिए ।
१३५ मिलियन पाउन्डमा २०१७–१८ को सिजनमा बार्सिलोना पुगेका डेम्वेले लगातार चोटसँग जुधिरहेका छन् । उनले बार्सिलोनामा तीन सिजन बिताउदा ७४ म्याच खेल्दा १० खेलमा मात्रै पुरा समय मैदानमा बिताउदै १९ गोल र १७ असिस्ट दिएका छन् । डेम्वेलेले २०१७–१८ को सिजनमा २४ खेलमा ४ गोल र ९ असिस्ट दिएका छन् । अर्काे सिजन ४२ खेलमा १४ गोल र ९ असिस्ट तथा यो सिजन ९ खेलमा १ गोल गरेका छन् ।
चोटकै कारण लुइस सुआरेजलाई गुमाएको बार्सिलोनालाई डेम्वेलेको चोटले झने समस्या भएको छ । तर, आफ्ना मुख्य फरवार्डद्धय चोटका कारण मैदानबाट बाहिरिएपनि रोयल स्पेनिस फुटबल फेडेरेसनको नियम अनुसार समर र विन्टर सिजन सकिएपनि इर्मजेन्सी खेलाडी अनुबन्ध गर्न पाउने नियमका कारण स्पेनबाटै एक खेलाडी क्लबमा राख्न पाउने नियम छ । बार्सिलोनाले उक्त नियय प्रयोग गर्न सक्नेछ ।
बार्सिलोनाको अग्रपङ्तिमा अहिले कप्तान लियोनेल मेस्सीसँगै एन्टोयन ग्रिजमन र अन्सु फाती रहेका छन् । बार्सिलोनाले रियाल सोसिडाडका विलियन जोस, गेटाफेका एन्जल रोड्रिग्वेज, डिर्पोटिभो अलाभेसका लुकास पेरेज र रियल बेटिसका लोरेन मोरोनमध्ये एकलाई अनुबन्ध गर्न सक्ने सम्भावना छ ।
स्पेनिस ला लिगामा बार्सिलोना ४९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रियाल म्याड्रिड ५२ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]