5 years ago
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधिको रोमाञ्चकता अन्तिम खेल सम्म पनि रहने सम्भावना बढेको छ । उपाधि दौडमा रहेको मछिन्द्र क्लबले खेल जितेको भोली पल्ट अर्को दाबेदार त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।
आर्मीले यो खेलमा सफलता हात पारेको खण्डमा पुनः लिगको शीर्षस्थानमा पुनरामगन गर्नेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कप्तान भरत खवासको गोलमा आर्मीले अग्रता लिएको थियो । जर्ज प्रिन्स कार्कीको क्रसमा भरतले हेडमार्फत गोल गरेका थिए । लिगमा त्यो उनको कीर्तिमानी ५० औं गोल हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को तेस्रो ब्याचका भरतले यसअघि नेपाल पुलिस क्लबबाट पनि लिग खेलेका थिए । १० वर्ष भन्दा लामो लिग अनुभवमा उनी ५० गोल पुरा गर्ने थोरै खेलाडी मध्ये परेका छन् ।लिगमा ५० गोल गर्ने उनी सातौं खेलाडी बनेका छन् । यसअघि बसन्त थापा, रमेश बुढाथोकी, जिवेश पाण्डे, सुरेन्द्र तामाङ, गणेश लावती र सन्तोष साहुखलले ५० गोल पुरा गरेका थिए ।
सन्तोषले भने यहि लिगका दौरान लिगको एक सय गोल पुरा गर्ने पहिलो खेलाडीको कीर्तिमान राखेका थिए । भरतको कप्तानीमा आर्मीले लिगमा उच्च प्रदर्शन गरिरहेको छ । राष्ट्रिय टोलीको समेत कप्तानी गरिरहेका भरतले यो सिजनमा पनि एकरुपको प्रदर्शन गरिरहेका छन् ।
११ खेलमा आर्मीको २६ अंक छ । एक खेल बढी खेलको मछिन्द्रको २८ अंक छ । सरस्वती युथ क्लब सोमबार रेलिगसेनमा परिसकेको छ ।
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]