5 years ago
February 10, 2020
एजेन्सी – मिलान डर्वीमा जित निकाल्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । इन्टर मिलानले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर ४–२ को पूनरागमन जित निकाल्दै युभेन्टसलाई पछि पार्दै लिगको शीर्षस्थानमा पूनरागमन गरेको हो ।
मिलानोमा आइतबार राति भएको खेलमा इन्टरको जितमा मार्सेलो ब्रोजोभिक, म्याटियस भिन्सिनो, स्टेफन डि भिरिज र रोमेलु लुकाकुले गोल गरे । एसी मिलानका एन्टी रेविक र ज्लाटन इभ्राहिमोभिचले गोल गरे ।
खेलको ४०औं मिनेटमा एन्टी रेविकले ज्लाटन इभ्राहिमोभिचको पासमा गोल गर्दै एसी मिलानलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ज्लाटन इभ्राहिमोभिचले फ्रान्क केसिइको पासमा गोल गरेपछि एसी मिलानले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।
तर, त्यो अग्रतालाई एसी मिलानले दोस्रो हाफमा जोगाउन सकेन । ५१औं मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दै इन्टर मिलानलाई खेलमा फर्काउने संकेत दिए । ५४औं मिनेटमा म्याटियस भिन्सिनोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
७०औं मिनेटमा स्टेफनले गोल गर्दै घरेलु टोली इन्टर मिलानलाई खेलमा पहिलोपटक ३–२ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा भिक्टर मोसेसको पासमा रोमेलु लुकाकुले गोल गर्दै इन्टर मिलानलाई ४–२ को पूनरागमन जित दिलाए ।
जितसँगै इन्टर मिलानको २३ खेलबाट ५४ अंक पुगेको छ । समान खेलबाटै ५४ अंक रहेको युभेन्टस गोल अन्तरमा दोस्रो स्थानमा झरेको छ । एसी मिलान ३२ अंक जोडेर १०औं स्थानमा छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]