5 years ago
February 10, 2020
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकाल्दै शीर्षस्थानमा १२ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । पीएसजीले लियोनमाथि ४–२ को सहज जित निकालेको हो ।
जितसँगै पीएसजीले शीर्षस्थानमा १२ अंकको स्पष्ट अग्रता बनाएको छ । पीएसजीको २४ खेलबाट ६१ अंक छ । उति नै खेलबाट दोस्रो स्थानको मार्सेलीको ४९ अंक छ । पराजित लियोन ३३ अंक जोडेर नवौं स्थानमा छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीको सहज जितमा एन्जल डि मारिया, केलियन एमबाप्पे र एडिन्सन काभानीले गोल गरे । एक गोल उपहार पाएको थियो । लियोनका मार्टिन टेरियर र मौउसा डेम्बेलेले गोल गरे ।
पीएसजीले खेलको २२औं मिनेटमा डि मारियाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ३८औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पीएसजीले पहिलो हाफमा २– ० को अग्रता लिन सफल भएको थियो ।
दोस्रो हाफको शुरुमै फर्नान्डो मार्कलले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा ३–० को आरामदायी अग्रता बनायो । त्यसपछि लियोनले लगातार दुई गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । ५२औं मिनेटमा मार्टिन टेरियरले तथा ५९औं मिनेटमा मौउसा डेम्बेलेले गोल गरेका थिए । ७९औं मिनेटमा डि मारियाको पासमा एडिन्सन काभानीले गोल गर्दै पीएसजीलाई ४–२ को सहज जित दिलाए ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]