5 years ago
February 10, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा संघर्षपुर्ण जित निकालेको छ । बार्सिलोनाले रियल बेटिसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।
बार्सिलोनाको जितमा फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स र क्लेमेन्ट लेङ्लेटले गोल गरे । घरेलु टोली बेटिसका सर्जियो कानालेस र नविल फेकिरले गोल गरे ।
घरेलु मैदानमा रियलले खेलको छैटौ मिनेटमा सर्जियो कानालेसले पेनाल्टीमा गोल गर्दै अग्रता लिएको थियो । पेनाल्टी बक्समा क्लेमेन्ट लेङ्लेटले ह्यान्ड गरेपछि बेटिसले पेनाल्टीको मौका पाएको थियो । जसलाई सर्जियोले सदुपयोग गरेका थिए । नवौं मिनेटमा फ्रान्की डि जोङले कप्तान लियोनले मेस्सीको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
२६औं मिनेटमा नविल फेकिरले गोल गरेपछि बेटिसले खेलमा पुनः २–१ को अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मेस्सीकै पासमा सर्जियो बुस्स्क्वेट्सले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
७२औं मिनेटमा मेस्सीकै पासमा लेङ्लेटले गोल गर्दै बार्सिलोनालाई पहिलोपटक खेलमा ३–२ को अग्रता दिलाए । त्यसपछि दुवै टोली १० खेलाडीमा समेटिएको थियो । ७६औं मिनेटमा बेटिसका नविल फेकिर दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए ।
७९औं मिनेटमा क्लेमेन्ट लेङ्लेट पनि दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिदा बार्सिलोना पनि १० खेलाडीमा समेटियो । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोनाले खेलमा ३–२ को संघर्षपुर्ण जित निकाल्यो ।
जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियाल म्याड्रिडलाई पछ्याइरहेको छ । बार्सिलोनाको २३ खेलबाट ४९ अंक छ । उति नै खेलबाट रियालको ५२ अंक छ । रियल बेटिस २८ अंक जोडेर १३औं स्थानमा छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]