5 years ago
February 9, 2020
एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपनि इटालियन जाइन्ट युभेन्टस इटालियन सिरी ‘ए’ मा हेलास भेरोनासँग स्तब्ध बनेको छ । युभेन्टस घरेलु टोलीसँग २–१ ले स्तब्ध बनेको हो ।
हारसँगै युभेन्टसले शीर्षस्थानमा अग्रता बढाउने अवसर गुमायो । हारपछि युभेन्टसको २३ खेलबाट ५४ अंक रहेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ५१ अंक छ । हेलास भेरोना ३४ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ ।
भेरोनामा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा फावियो बोरिनी र जियामपाओलो पाजिनीले गोल गरे । रोनाल्डोले गरेको सान्त्वना गोल बन्यो । खेलको २१औं मिनेटमा मारस कुम्बुलाले गरेको गोलले भिएआरबाट मान्यता नपाउदा घरेलु टोली अग्रता लिनबाट चुक्यो ।
६५औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । उनले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए । भेरोनाविरुद्ध गोल गर्दै रोनाल्डोले सिरी ‘ए’ मा लगातार १० खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् । उनी युभेन्टसबाट सिरी ‘ए’ मा लगातार १० खेलमा गोल गर्ने पहिलो खेलाडी बने ।
यससँगै ७६औं मिनेटमा फावियो बोरिनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८६औं मिनेटमा जियामपाओलो पाजिनीले पेनाल्टीमा गोल गर्दै भेरोनालाई २–१ को अग्रता दिलाए । लियोनार्दाे बोनुचीले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि भेरोनाले पेनाल्टीको मौका पाएको थियो । त्यसपछि थप गोल निस्क्न नसक्दा युभेन्टस २–१ ले स्तब्ध बन्न पुग्यो ।
अन्य नतिजा
रोमाविरुद्ध बोलोग्ना (२–३)
फियारेन्टिनाविरुद्ध एटलान्टा (१–२)
टोरिनोविरुद्ध साम्पडोरिया (१–३)
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]