5 years ago
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजालले माल्दिभ्सको दोस्रो डिभिजन टोली जेजे स्पोर्ट्सका लागि एकै खेलमा ४ गोल प्रहार गरेका छन् ।
अभिषेकले माहिबाधु स्पोर्ट्स क्लब विरुद्ध ४ गोल गरेपछि उनको टोली ७-३ ले विजयी भयो । जेजे का लागि अहमद ऐहाम, नाफिउ र मोहमद साहेदले १-१ गोल गरेका थिए । नेपाली यू-२३ राष्ट्रिय टोलीका गोलरक्षक एवं यू-१९ टोलीका पूर्वकप्तान अर्पण कार्की पनि यसै टोलीबाट खेल्दै आएका छन् ।
यस जितसँगै जेजे स्पोर्ट्स दोस्रो श्रेणी लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पछिल्लो सिजन शीर्ष श्रेणीमा उक्लनबाट चुकेको जेजेले सिजनको बिचमा अभिषेकलाई अनुबन्धन गरेको थियो । अर्पणले भने लगातार दोस्रो सिजन जेजेको जर्सी पहिरिएका हुन् । टोलीले यसपटक शीर्ष श्रेणीमा उक्लने लक्ष्य राखेको छ ।
अभिषेकले नेपालमा रहेर ए डिभिजन लिगको सुरुवात केहि खेल मछिन्द्रका लागि खेलेका थिए । अर्पणले भने पछिल्लो वर्ष पुलिसका लागि खेलेपनि यसपटक भने सिधै माल्दिभ्सको लिग खेलेका हुन् । उनले त्यसअघि भुटानको पारो फुटबल क्लबका लागि समेत खेलेका थिए ।
खेलका तस्बिरहरु :
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]