default_image

5 years ago

February 7, 2020

बिबिसीलाई हराउँदै पुलिस पाँचौं स्थानमा उक्लियो

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब शुक्रबार जित हासिल गर्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको पाँचौं स्थानमा पुगेको छ ।

पुलिसले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै पाँचौं स्थानमा उक्लेको हो । ११ खेलमा पाँचौं जित निकालेको पुलिसले २ खेलमा बराबरी र ५ खेलमा हार बेहोरेको छ । पुलिसको १७ अंक पुगेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको पहिलो हाफमा भरत शाह गरेको गोल नै पुलिसलाई जित हासिल पर्याप्त रह्यो । निरकुमार राईको कर्नरमा भरतले हेडमार्फत गोल गरेका थिए ।

आजै रुस्लान थ्री स्टार क्लब संकटा क्लबलाई शुक्रबार १–० ले हराउँदै अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । दोस्रो हाफमा रक्षक अनन्त तामाङले गरेको गोलमा थ्री स्टार विजयी भएको हो ।

११ खेलमा छैटौं जितपछि थ्री स्टारको २० अंक पुगेको छ । शीर्षस्थानको त्रिभुवन आर्मी क्लबको २६ र दोस्रो स्थानको सानमिगेल मछिन्द्र क्लबको २५ अंक छ । १९ अंकको नेपाल आयल निमग मनाङ मस्र्याङ्दी क्लब चौथो स्थानमा झरेको छ । मनाङले १ खेल कम खेलेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अनन्तले ६१ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । संकटाका रक्षकबाट डिफेक्ट भएर आएको बलमा अनन्तले नजिकबाट गोल गरेका थिए । संकटा १५ अंकसहित पाँचौं स्थानमा छ ।

January 16, 2025

स्मृति कप फुटबलको सेमिफाइनल समीकरण पूरा

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]

January 16, 2025

एन्फा यु १६ लिग – थ्री स्टार र संकटा विजयी

काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]

January 16, 2025

झापा ११ चिफ मिनिस्टर्स गोल्ड कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]

Success

Thank you for your time.