default_image

5 years ago

February 7, 2020

कोपा डेल रे : ठूला टोली पुगेनन् सेमिफाइनल

153 views

0 Bookmark

एजेन्सी – उपाधिका दावेदार रियल म्याड्रिड र बार्सिलोना बिहीबार कोपा डेल रे अन्तर्गत क्वाटरफाइनल चरणको खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

रियल म्याड्रिड घरेलु मैदानमा रियल सोसिडाडसँग ४-३ ले पराजित हुँदा बार्सिलोनाले एथ्लेटिक बिल्बाओको मैदानमा १-० को हार बेहोर्यो । पछिल्लो दशकमा बार्सिलोना र रियल दुवै अन्तिम चारमा प्रवेश गर्न नसकेको यो पहिलो अवसर हो । पछिल्लो दशकमा रियल र बार्सिलोनामा कम्तिमा एक टोली फाइनल पुगेका थिए ।

सन् २००९-१० सिजनमा सेभिल्लाले उपाधि जित्दा यी दुवै फाइनलमा थिएनन् । बार्सिलोना बिल्बाओसँग पराजित भएपछि लगातार ६ सिजन फाइनल पुगेको सिलसिलामा पनि पूर्णविराम लागेको छ । यता घरेलु मैदानमा २१ खेलपछि पराजित रियल पनि लगातार ६ सिजनपछि सेमिफाइनल पुग्नबाट चुक्यो ।

बिल्बाओ कोपा डेल रे मा दोस्रो सफल टोली हो । बिल्बाओले हालसम्म २३ पटक उपाधि जितेको छ । उपाधि दावेदारको रुपमा रहेको बिल्बाओले अब ग्रानडा, सोसिडाड र दोस्रो श्रेणीको क्लब मिरान्डेससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सोसिडाडले रियल म्याड्रिडको लगातार ८ खेलको जितको सिलसिलालाई अन्त्य गर्यो । अक्टोबर २०१९ यता रियल म्याड्रिडले पहिलो हार पनि बेहोर्यो ।

सन् २०१४ यता रियल म्याड्रिडले यस उपाधि जित्न सकेको छैन । पछिल्लो पटक सोसिडाडले सन् २०१४ मा सेमिफाइनल यात्रा तय गरेको थियो । सोसिडाड सन् १९८७ पछि पहिलो र समग्रमा तेस्रो उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

ग्रानडाले पछिल्लो सिजन उपाधि जितेको भ्यालेन्सियालाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो । मिरान्डेसले भने ला लिगाकै भिल्लारियललाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । मिरान्डेस अन्तिम चारमा पुग्ने एक मात्र तल्लो श्रेणीको टोली हो । सेमिफाइनलको लागि ड्र शुक्रबार तय हुनेछ । सेमिफाइनल खेल होम र अवे लेगमा खेलिनेछ ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.