default_image

5 years ago

February 7, 2020

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमै पराजित

137 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना कोपा डेल रे अन्तर्गत बिहीबार भएको क्वाटरफाइनल खेलमा एथ्लेटिक बिल्बाओसँग १-० ले पराजित भएको छ ।

बिल्बाओका लागि दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा इनाकी विलियम्सले गरेको गोल नै निर्णायक सावित भयो । बार्सिलोनाले खेलको सुरुवातदेखि नै घरेलु टोली बिल्बाओमाथि दबाब कायम गरेपनि गोल गर्न सकेको थिएन । कप्तान लिओनेल मेस्सी र अन्सु फातीको जोडीले सुरुवाती ३० मिनेटमा केहि अवसर सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफमा नै बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले गल्ति गर्दा बिल्बाओका ड्यानी गार्सियाले त्यसको फाइदा उठाउन चुकेका थिए । दोस्रो हाफमा बार्सिलोनाले खेलाडी परिवर्तन गर्दै केहि आक्रमक रणनीति बुनेको थियो । वैकल्पिक खेलाडी एन्टोइन ग्रिज्मनले सर्जी रोबर्टोको पासमा गरेको प्रयासलाई घरेलु टोलीका गोलरक्षक उनाइ सिमोनले उत्कृष्ट बचाउ गरे ।

खेलको अन्तिम समयतिर मेस्सीले आर्थरको पासमा गरेको प्रहारलाई गोलरक्षक सिमोनले बचाउँदा बार्सिलोना अग्रता लिनबाट चुकेको थियो । तुलनात्मक रुपमा कम अवसर सिर्जना गरेको बिल्बाओले इन्ज्युरी समयमा अग्रता लिँदै खेल आफ्नो पक्षमा पार्यो । इबाई गोमेजको क्रसमा विलियम्सको हेडरले टेर स्टेगनलाई बिट गरेपछि बार्सिलोनाको यात्रामा पूर्णविराम लागेको थियो ।

यो पनि : रियल म्याड्रिड कोपा डेल रेबाट बाहिरियो

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.