10 years ago
September 2, 2015
अखिल नेपाल फुटबल संघ एन्फा का अध्यक्ष गणेश थापाले अदालतको मानहानी हुने गरि बुधबार पत्रकार सम्मेलन गरेका छन् । पुनरावेदन अदालत पाटनले एन्फाको बुधबारका लागि तय साधारण सभा रोक्न अन्तरिम आदेश जारी गरेपछि थापाले पत्रकार सम्मेलन प्रक्रिया पुरा गरेको जीकिर गरेका छन् । एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्बाङले विधान विपरित साधारण सभा गर्न लागेको भन्दै उजुरी दिएपछि पुनरावेदनले मंगलबार अन्तरिम आदेश जारी गरेको थियो ।
विचाराधिन मुद्दामा पत्रकार सम्मेलन गर्न मिल्छ भन्ने प्रश्नमा संविधान सभाका सभासद समेत रहेका थापाको जवाफ थियो,‘ हामीलाई त्यो सरोकार भएन । मलाई त्यो विषयमा खासै जानकारी पनि छैन । फुटबल रोकिनु हुन्न भन्ने हाम्रो स्पष्ट धारण छ ।’
अदालतको निर्णयको सम्मान गर्दै साधारण सभा रोकेको भन्दै बोल्न सुरु गरेका थापाले ३ उपाध्यक्ष र १ सदस्य कारवाहीमा रहेका कारण साधारण सभामा नबोलाइएको बताए । ‘ लागतार ३ बैठकमा उपस्थित नभएपछि उहाँहरुलाई स्पष्टिकरण सोधिएको छ । जवाफ नआएपछि उहाँहरु ४ जनालाई एन्फाले कारवाही गरेको छ । त्यसैले बोलाउने कुरै आउँदैन ।’ एन्फाले चैत ५ गते असन्तुष्ट ४ ९उजुरीकर्ता ३ र अर्का उपाध्यक्ष किशोर राई जनालाई ३५ दिन भित्र चित्त बुझ्दो जवाफ नदिए फुटबलका सबै गतिविधिबाट प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
अन्तरिम आदेशलाई निरन्तरता दिनु पर्ने नपर्ने विषयमा छलफल गर्न पुनरावेदनल बिहीबार दुवै पक्षलाई बोलाएको छ । असन्तुष्ट पक्षले गत बर्ष एन्फा र अध्यक्ष थापाविरुद्ध सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ती सुद्धिकरणमा उजुरी दर्ता गराएका थिए । तर, थापामाथि अहिले सम्म कुनै कारवाही भएको छैन । स्वदेश भित्र निकै विवादमा परेपछि थापा पटक पटक गरि सात महिना फुटबलका सबै गतिविधिबाट अलग रहेको स्वयम घोषणा गर्दै फिफालाई जानकारी दिएका थिए । असार १३ बाट भने उनी पुनः फुटबलमा सक्रिय भएका थिए । लेखा समितिको निर्देशनमा गत बर्ष पनि एन्फा साधारण सभा स्थगित भएको थियो ।
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]
April 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]
April 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]