default_image

5 years ago

February 7, 2020

रियल म्याड्रिड कोपा डेल रेबाट बाहिरियो

142 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरिएको छ । घरेलु मैदानमा म्याड्रिड टोली  रियल सोसिडाडसँग ४–३ ले पराजित हुँदै कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरिएको हो । 

सोसिडाडका लागि एलेक्सान्डर इसाकले दुई तथा मार्टिन ओडेगार्ड, मिकेल मेरिनोले १-१ गोल गरे । रियालका मार्सेलो, रोड्रिगो र नाचो फर्नान्डेजले गोल गरेपनि जित हासिल गर्न पर्याप्त भने रहेन ।

खेलको १२औं मिनेटमा रियालबाटै लोनमा सोसिडाड पुगेका मार्टिन ओडेगार्डले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । रियलबाट लोनमा सोसिडाड पुगेका उनले गोलको खुसी भने मनाएनन् । जारि सिजन उत्कृष्ट लयमा रहेका उनले आफ्नो मुख्य क्लबविरुद्ध प्रभावशाली प्रदर्शन गरे ।

४९औं मिनेटमा ओडेगार्डकै पासमा एलेक्सान्डर इसाकको गोलले भिएआरको मान्यता पाएन । भिएआरले इसाक बल लिने समयमा अफसाइड रहेको देखाएको थियो ।  तर, ५४औं मिनेटमा इसाकले गोल गर्दै सोसिडाडको अग्रता दोब्बर पारे । उनले आंदर बारेनेतेजाको क्रसलाई उत्कृष्ट भली प्रहार गर्दै गोलमा परिणत गरे । दोस्रो गोलसँगै शान्त भएको घरेलु मैदान त्यसको दुई मिनेटपछि थप स्तब्ध बन्यो ।

इसाकले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल म्याड्रिड खेलमा ३–० ले पछि परेको थियो । इसाकले म्याड्रिडको पोस्टको टप कर्नरमा गोल गर्दै पाहुना टोलीलाई सेमिफाइनल नजिक पुर्याएका थिए । यद्यपी रियलले अन्तिम ३० मिनेटमा पुनरागमनको प्रयास भने जारि राख्यो ।

५९औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई खेलमा फर्काउने संकेत दिए । ब्राहिम डियाजको पासमा अनमार्क रहेका मार्सेलोले गोलरक्षक रेमिरोलाई बिट गरेका थिए ।

तर उत्कृष्ट लयमा रहेका इसाक फेरी एकपटक म्याड्रिडका लागि बाधक बने । ६९औं मिनेटमा इसाककै पासमा मिकेल मेरिनोले गोल गरेपछि सोसिडाडले खेलमा ४–१ को अग्रता लिन सफल भयो ।

प्रशिक्षक जिदानले अन्तिम प्रयासस्वरूप दुई मिडफिल्डर निकाल्दै फरवार्ड लुका जोभिच र रोड्रीगोलाई मैदान प्रवेश गराए  । त्यसको फलस्वरूप ७९औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेपनि भिएआरको मान्यता पाएन । भिएआरका अनुसार ब्राजिलियन फरवार्ड गोल गर्ने समयमा अफसाइड रहेका थिए ।

८१औं मिनेटमा वैकल्पिक खेलाडी रोड्रिगोले गोल गरेपछि रियल खेलमा फर्कने संकेत देखिएको थियो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा नाचो फर्नान्डेजले गोल गर्दै स्कोर ४-३ को स्थितिमा ल्याए । त्यसपछि अन्तिम मौकास्वरुप रियलका लागि सर्जियो रामोसले खेल बराबरी गर्ने अवसर पाएका थिए । तर अनमार्क रहेको अवस्थामा उनको हेडर सिधै गोलरक्षक रेमिरोको हातमा पुगेको थियो ।

इन्ज्युरी समयको थप गरिएको समयमा एन्डोनी गोरोसावेल दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिदा सोसिडाड १० खेलाडीमा समेटिएको थियो । यस हारसँगै रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा पुग्नबाट बन्चित भएको छ ।

यो पनि : बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमै पराजित

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.