default_image

5 years ago

February 6, 2020

लेवान्डोस्कीको दुई गोलसँगै बायर्न क्वाटरफाइनलमा

50 views

0 Bookmark

एजेन्सी – पोल्यान्डका कप्तान तथा फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा बायर्न म्युनिख डिएफवी पोकल (जर्मन कप) को क्वाटरफाइनलमा पुग्न सफल भएको छ । घरेलु मैदानमा बायर्नले होफेनहाइनलाई ३–२ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।

बायर्नको जितमा लेवान्डोस्कीले दुई तथा थोमस मुलरले गोल गर्दा एक गोल उपहार पाएको थियो । होफेनहाइनका मुनास डाबुरले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । एलिएन्ज एरिनामा बुधबार राति भएको खेलमा आठौं मिनेटमा जेरोमी बोएटिङको आत्मघाती गोलबाट घरेलु टोली खेलमा पछि परेको थियो । १३औं मिनेटमा बेन्जामिन हुब्नरले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

२०औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । ३६औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले पहिला हाफमा ३–१ को अग्रता बनायो । ८०औं मिनेटमा जोसवा किम्मिचको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरेपछि बायर्नले खेलमा ४–१ को अग्रता बनायो । त्यसपछि होफेनहाइनले लगातार दुई गोल गरेपनि हार टार्न सकेन ।

८२औं मिनेटमा मुनास डाबुरले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मुनास डाबुरले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए । त्यसपछि थप गाल निस्कन नसक्दा बायर्न ४–३ ले विजयी हुदै क्वाटरफाइन्लमा पुग्न सफल भयो ।

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

Success

Thank you for your time.