default_image

5 years ago

February 6, 2020

टोटेनहम एफए कपको पाँचौ चरणमा

114 views

0 Bookmark

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको निर्णायक गोलमा टोटेनहम हस्टपर एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी साउथह्याम्पटनलाई रिप्ले खेलमा ३–२ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको हो । 

पहिलो खेलमा यि दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए । घरेलु मैदानमा बुधबार राति भएको खेलमा टोटेनहमको जितमा लुकास मौउरा र सानले गोल गर्दा एक गोल उपहार पाएको थियो । साउथह्याम्पटनका सेन लङ र ड्यानी इंग्सले गोल गरे ।

खेलको १२औं मिनेटमा ज्याक स्टेफेन्सको आत्मघाती गोलबाट टोटेनहमले खेलमा अग्रता बनाएको थियो । टांगे एनडोम्बेलेको प्रहारलाई रोक्न खोज्दा स्टेफेनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । ३४औं मिनेटमा सेन लङले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

७२औं मिनेटमा नाथन रेडमन्डको पासमा ड्यानी इंग्सले गोल गरेपछि साउथह्याम्पटनले खेलमा २–१ को अग्रता बनाएको थियो । ७८औं मिनेटमा लुकास मौउराले डेले अलीको पासमा गोल गरेपछि खेल २–२ गोलको रोमाञ्चक बराबरीको अवस्थामा पुगेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा ह्युङ मिन सनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई ३–२ को जित दिलाए ।

डेली अलीको पासमा बल बढाउन खोज्दा सनलाई पेनाल्टी बक्समा गोलरक्षक एनगस गनले लडाएपछि टोटेनहमले पेनाल्टीको अवसर पाएको थियो । जसलाई सनले सदुपयोग गरे । अब टोटेनहमले प्रि–क्वाटरफाइनलमा नर्विच सिटीको सामना गर्नेछ । नर्विचले बर्नलीलाई २–१ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

प्रि–क्वाटरफाइनल

चेल्सीविरुद्ध लिभरपुल

डर्वीविरुद्ध म्यानचेस्टर युनाइटेड

लेस्टर सिटीविरुद्ध बर्मिङघम

पोर्ट्समाउथविरुद्ध आर्सनल

रिडिङविरुद्ध सेफिल्ड युनाइटेड

सेफिल्ड वेनस्डेविरुद्ध म्यानचेस्टर सिटी

टोटेनहमविरुद्ध नर्विच सिटी

वेस्टब्रोमविरुद्ध न्यु क्यासल

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

Success

Thank you for your time.