9 years ago
July 11, 2016
पोर्चुगलका रेनाटो स्यान्चेस र फ्रान्सका एन्टोइन ग्रजिमनले युरो २०१६को व्यक्तिगत उपाधि हात पारेका छन्।
पोर्चुगलका रेनाटो स्यान्चेसले प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि पाए भने फ्रान्सका लागि ६ गोल गरेका ग्रिजमनले गोल्डेन बुट जिते।
स्यान्चेसले सो उपाधि जित्नका लागि फ्रान्सका किङ्स्ले कोमन र उनकै टोलीका सदस्य राफाएल गुरेरोलाई पछि पारेका हुन्। स्यान्चेसले जारी प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै बायर्न म्युनिखले युरो सुरु हुनुअघि गरेको अनुबन्धनलाई साबित पारे।
यता फ्रान्सका एन्टोइन ग्रिजमनले फाइनलमा आशातित प्रदर्शनगर्न नसकेपनि गोल्डेन बुट भने हात पारे। समान ३-३ गोल गरेका क्रिस्टियानो रोनाल्डो र ओलिभिएर जिरुले क्रमश: सिल्भर र ब्रोन्ज बुट हात पारे।
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]