5 years ago
February 4, 2020
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड अल्भेरो मोराटाले युईएफए च्याम्पियन्स लिग अन्तरगत इंग्लिस क्लब लिभरपुलसँगको खेल गुमाउने भएका छन् ।
दायाँ खुट्टाको मांशपेशीमा चोट लागेका कारण मोराटाले घरेलु मैदानमा १८ फेब्रुअरीमा हुने प्रि–क्वाटरफाइनलको पहिलो लेग गुमाउने भएका हुन् । मोराटाले गत सोमबार राति शहरी प्रतिद्वन्द्वी रियाल म्याड्रिडसँग १–० ले पराजित भएको खेलमा चोट बोक्न पुगेका थिए । उनी ५०औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
एट्लेटिकोले मोराटा कति लामो समय मैदान बाहिर रहने त्यो खुलाएको छैन । च्याम्पियन्स लिगको पहिलो लेग फेब्रुअरी १८ मा घरेलु मैदानमा हुँदा दोस्रो लेग ३ मार्चमा लिभरपुलको मैदानमा हुनेछ ।
एट्लेटिकोका प्रशिक्षक डिएगो सिमिओनीले चोटसँग जुधिरहेका डिएगो कोस्टा र जोओ फेलिक्सलाई भरोसा गर्न सकेका छैनन् । विन्टरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का उरुग्वेली फरवार्ड एडिन्सन काभनीले अनुबन्ध गर्न असफल सिमिओनीलाई मोराटाको चोटसँगै झनै समस्या भएको छ ।
सोमबार रियालसँगको हारसँगै एट्लेटिको २२ खेलबाट ३६ अंक जोडेर छैटौ स्थानमा रहेको छ । एट्लेटिको रियालसँग १३ अंकले पछि परेको छ । शीर्षस्थानको रियालको ४९ तथा दोस्रो स्थानको बार्सिलोनाको ४६ अंक छ । एट्लेटिकोले शनिबार घरेलु मैदानमा ग्रानडासँग खेल्दैछ ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]